पोखरा, २७ असार । कास्की जिल्लामा पहिरोमा परी ज्यान गुमाउनेकाको परिवारलाई जनही एक लाखका दरले राहत दिइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले अविरल वर्षाका कारण कास्कीमा सात जनाको ज्यान गएकामा मृतकका परिवारलाई प्रति मृतक एक लाखको दरले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले मृतकका परिवारलार्ई प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड २०७४ अनुसार राहत उपलब्ध गराउने तथा घाइतेको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने एवं पीडित घर परिवारलाई सरकारी मापदण्डबमोजिम राहत उपलब्ध गराउने निर्णय गरेकोे समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए ।
अविरल वर्षाका कारण जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति बैठकले दुःख प्रकट गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । नदी किनार, भिरालो तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा बस्तीलाई जोखिमको स्तर हेरी सम्भावित धनजनको क्षतिलाई न्यूनीकरण गर्न स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा सुरक्षितरुपमा अस्थायी स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउने भएको छ ।
त्यसैगरी खोजी र उद्धार कार्य एवं सुरक्षितरुपमा स्थानान्तरण कार्यका लागि जिल्लास्थित सबै सुरक्षा निकायलाई आवश्यक खोज तथा उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन अनुरोध गर्ने बैठकले निर्णय गरेको जनाइएको छ । बिहीबार रातिको पहिरोमा परी जिल्लामा पोखरा महानगरपालिका–१८ गोठादीमा पाँच तथा पोखरा–२६ लेखनाथ र पोखरा–२५ हेमजामा एकरएक जनाको ज्यान गएको थियो । पहिरोमा परी ११ जना घाइते भएका थिए ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१