१. देशमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विभिन्न स्थानमा क्वारेन्टिनको व्यवस्थापन गरिएको छ । कोरोना संक्रमण भएको हुन सक्ने आशंका रहेको व्यक्तिहरुलाई क्वारेन्टिनमा राख्ने गरिन्छ भने संक्रमितहरुलाई आइसोलेसनमा राखिन्छ । यसैगरी गम्भीर अवस्थाका संक्रमितहरुलाई आईसियूमा राख्ने गरिएको छ ।
२. संक्रमण आशङ्का रहेका मात्र होइन स्वदेश प्रवेश गर्ने जो कोही पनि १४ दिन क्वारेन्टिनमा बस्नुपर्छ । अवस्था हेरी कोही घरमै क्वारेन्टिनमा पनि रहेका छन् । अरुलाई पनि असर नपर्ने गरी सुरक्षित किसिमले रहनुलाई क्वारेन्टिन भनिन्छ । तर सरकारले सञ्चालन गरेका कतिपय क्वारेन्टिनहरु असुरक्षित भएको जनगुनासो छ ।
३. क्वारेन्टिनमा न्यूनतम आधारभूत आवश्यकताहरु पूरा नभएको, उनीहरुलाई थुनुवा कैदीको जस्तो व्यवहार गरिएको, स्वास्थ्यकर्मीहरु नदेखिएको, तत्काल स्वास्थ्य समस्या पर्दा गुहार नपाइएको आदि गुनासा रहेका छन् । यसैगरी स्वास्थ्य जाँचमा ढिलाई हुने गरेको र जाँचको रिपोर्ट पनि समयमा नआएको जस्ता समस्या रहेका छन् । परीक्षण कार्यको ढिलाइले गर्दा कोरोना समुदायमा फैलिन सक्ने त्रास बढेको छ ।
४. क्वारेन्टिन सुरक्षित तथा व्यवस्थित नहुँदा आत्महत्या र वलात्कारका घटना पनि भएका छन् । संक्रमितहरु समेत क्वारेन्टिनबाट भागेका घटनाले त्यहाँ असन्तुष्टी बढेको देखिन्छ । उनीहरुलाई जब शान्तिपूर्वक बस्ने वातावरण सिर्जना हुदैन, तनाव बढ्दै जानु स्वभाविकै हो । क्वारेन्टिनमा भएको असुविधालाई सहेरै भएपनि ‘आफु पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने भावना जगाउन सकियो भने मात्र तनाव कम गर्न सकिन्छ ।
५. क्वारेन्टिन के को लागि र क्वारेन्टिनमा रहनेहरुले अपनाउनु पर्ने विधिहरुको बारेमा सम्बन्धितलाई राम्रोसँग जानकारी नगराउनु, र उनीहरुलाई मानसिक तनाव कम गर्ने उपायहरुको अवलम्बन नहुँदा समस्या बढेको पाइन्छ । उनीहरुको आत्मवल बढाउन तथा धैर्यशील बनाउनु पर्दछ । यसका लागि मनोवैज्ञानिक परामर्श आवश्यक छ । क्वारेन्टिनमा जो जसरी रहेका छन् ती सबै कोरोनाबाट समाजलाई बचाउन त्याग गरिरहेका छन् भन्ने सन्देश दिनु जरुरी छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१