स्पेनिस ला लिगामा एट्लेटिकोको सहज जित

आदर्श समाज सम्वाददाता
असार २०, २०७७
Atletico Madrid vs Malorca

पोखरा । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ ।

ला लिगा फुटबल अन्तर्गत आफ्नै घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा मालोर्कालाई ३–० ले पराजित गर्दै एट्लेटिको मड्रीडले ३ अंक बटुलेको हो ।

मड्रिडको जितमा अल्भारो मोराटाले २ र कोकेले १ गोल गरे । खेलको २९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै मोराटाले एट्लेटिकोलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जूरी समयको चौथो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता पनि दोब्बर पारे । पहिलो हाफमा २–० ले अगाडि रहेको एट्लेटिकोका लागि कोकेले ७९ औं मिनेटमा गोल गर्दै एट्लेटिकोको अग्रतालाई ३–० बनाए ।

जितपछि एट्लेटिको ३४ खेलबाट ६२ अंक बटुल्दै लिग तालिकाको तेस्रो स्थानमा यथावत् छ । पराजित मालोर्का भने समान खेलबाट २९ अंक बटुल्दै तालिकाको १८ औं स्थानमा छ ।

ला लिगा फुटबलमा ४ अंकको अग्रता सहित रियल मड्रिड शीर्ष स्थानमा छ । रियल मड्रिडले ३३ खेलबाट ७४ अंक जोडेको छ । समान ३३ खेलबाटै क्याटलाना क्लब बार्सिलोना ७० अंकसहित शीर्ष दोस्रो स्थानमा छ । साविक विजेता बार्सिलोनालाई यस सिजनको उपाधि होड महङ्गो बनेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width