पोखरा, १६ असार । कास्कीको अन्नपूर्ण गाउँपालिकाले प्रत्येक घरधुरीमा एक सदस्य एक फलफूल कार्यक्रमलाई अभियानका रूपमा अघि बढाउने भएको छ ।
गाउँपालिका क्षेत्रभित्र नदी किनारका जमीन, बेँसी,टार तथा खेतबारीका कान्लामा सम्भाव्य फलफूल खेती गरी यसको उत्पादन बढाउँदै आत्मनिर्भरताका लागि प्रत्येक घरधुरीमा एक सदस्य एक फलफूलको बिरुवा रोप्ने कार्यलाई अभियानका साथ अघि बढाइने अध्यक्ष युवराज कुँवरले बताए ।
अभियानका लागि गाउँपालिका क्षेत्रभित्र एक फलफूल नर्सरी सञ्चालन एवं विस्तार गरिने उनले बताए । “कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न गाउँपालिकाभित्रका विभिन्न कृषियोग्य जमीनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफूल तथा नगदेबालीका पकेट क्षेत्रको रूपमा घोषणा गरी मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल उत्पादनका साथै माटोको परीक्षण गरी आधुनिक तरिकाले कृषिलाई व्यावसायीकरण गर्न प्रोत्साहित गरिने छ”, उनले भने ।
कुँवरका अनुसार कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण, विशिष्टीकरण र व्यावसायीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा गाउँपालिकाले जोड दिएको छ । गाउँपालिकाभित्र कृषिको सम्भावना भएका वडामा चिस्यान केन्द्र स्थापना गर्ने एवं उत्पादित कृषि उपजलाई बजारीकरणका लागि ढिकुरपोखरी र नयाँपुलमा कृषि उपज सङ्कलन तथा बजारीकरण केन्द्र स्थापना गरिने उनले बताए ।
ती केन्द्र कृषक समूहमार्फत सञ्चालन गरी उत्पादित वस्तुको उचित मूल्य प्राप्त गर्ने अवस्थाको सिर्जनाका लागि प्रेदशसँगको साझेदारीमा आवश्यक प्रक्रिया अगाडि बढाइने उनले बताए । नगदे बालीतर्फको विशेष जोनको रूपमा सञ्चालित कफी जोन, अलैँची जोन र सुन्तला पकेट जोनका कार्यक्रमलाई प्रदेशसँगको समन्वयमा विकास, विस्तार गर्नुका साथै स्थानीय किसानको आयआर्जनको मुख्य क्षेत्रका रूपमा स्थापित गर्दै जाने नीति लिइएको अध्यक्ष कुँवरले बताए ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१