बालकविता प्रतियोगिता

आदर्श समाज सम्वाददाता
असार १५, २०७७
197039428-bh

पोखरा, १५ असार । पोखरा सेकेन्डरी स्कुल, पोखराले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रव्यापी बालकविता प्रतियोगिताको आयोजन गर्ने भएको छ । त्यस प्रतियोगितामा शैक्षिक सत्र २०७६ मा एसईई.सकेका विद्यार्थी सहभागी हुन पाउने छन् । पोखरा सेकेन्डरी स्कुलले सम्बन्धित सम्पूर्ण विद्यार्थीलाई सहभागी हुन अपिल गरेको छ ।

आयोजक पोखरा सेकेन्डरी स्कुलका अनुसार कविता नेपाली भाषामा लेखिएको हुनुपर्नेछ भने कविताको शीर्षक र विषयवस्तु प्रतियोगी स्वयम्ले छनोट गर्न सक्नेछन् । कविता (विद्यार्थीहरु) प्रतियोगी स्वयम्ले लेखेको हुनुपर्ने छ । कविता कुनै पनि जाती, धर्म, संस्कृति, भेषभूषा तथा रास्ट्रियतामाथि आक्षेप नलाग्ने खालको हुनुपर्नेछ । प्रतियोगीले रचना गरेको कविताको पाठ र वाचन गरेको भिडियो पठाउनु पर्नेछ । वाचन गरेको भिडियो बढीमा चार मिनेटसम्मको हुनुपर्नेछ । कविता मिति २०७७ असार २५ गते भित्र पठाइसक्नुपर्नेछ ।

पोखरा सेकेन्डरी स्कुलका कार्यक्रम संयोजक शिब त्रिपाठी, “लकडाउनको समयमा सबै भन्दा सक्रिय र क्रियाशील साहित्य क्षेत्र रह्यो । सिर्जनशील विद्यार्थीलाई पनि कविता लेखनमा संलग्न गराउन सकियो भने उनीहरुको प्रतिभाले अझ विकसित हुने अवसर पाउँछ । एसईई.२०७६ नहुने भएपछि यी विद्यार्थीहरु एक किसिमको फूर्सदको अवस्थामा छन् । विद्यार्थीलाई कुनै न कुनै सिर्जनात्मक क्रियाकलापमा आफ्नो क्षमता प्रदर्शन गराउने प्रयास स्वरुप यो प्रतियोगिताको आयोजना गरिएको हो । साथै असार २९ गते भानु जयन्ती भएको ले कविता प्रतियोगिता गर्न लागिएको हो । यस्ता अन्य खाल का गतिविधि पनि गर्ने बारेमा विद्यालय ले सोच बनाएकै छ ।“

पोखरा सेकेन्डरी स्कुलका प्रिन्सिपल नारायण न्यौपाने भन्छन, “निर्णायक मण्डलले दिएको अङ्कका आधारमा उत्कृष्ट ५ वटा कवितालाई पुरस्कार प्रदान गरिनेछ । सहभागी सम्पूर्ण प्रतियोगीहरुलाई प्रमाणपत्र प्रदान गरिने छ । सहभागी हुन कुनै किसिमको दर्ता शुल्क लाग्ने छैन । असार २९ गते (भानु जयन्ती )का दिन नतिजा प्रकाशन गरिने छ । परिस्थिति सामान्य भएपछि कार्यक्रम गरी पुरस्कार वितरण गरिने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width