लिभरपुल ३० वर्षपछि प्रिमियर लिग च्याम्पियन

आदर्श समाज सम्वाददाता
असार १२, २०७७
CRICKET-UAE-PAK-AUS-TEST

पोखरा ।  लिभरपुल ३० वर्षपछि इङ्लिस प्रिमियर लिग च्याम्पियन बनेको छ।

गएराति शीर्ष दोस्रो स्थानको म्यानचेस्टर सिटीले चेल्सीलाई २–१ को खेल सुम्पेछि लिभरपुल च्याम्पियन बनेको हो ।

घरेलु मैदानमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र विलियनले १÷१ गोल गरे । सिटीका केभिन डी ब्रुयनले १ गोल फर्काए । चेल्सीको जितसँगै लिभरपुलले ३० वर्षपछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो ।

लिभरपुललाई यस सिजन उपाधिका लागि एक जित आवश्यकता थियो । तर, सिटीले अंक गुमाएपछि योर्गेन क्लोपको टिम लिभरपुल ३१ खेलमै च्याम्पियन बनेको हो । यदि, सिटीले चेल्सीलाई हराएको भए लिभरपुलको उपाधि पछि धकेलिने थियो । चेल्सीसँग पराजित भएपछि सिटी लिभरपुल भन्दा २३ अंकले पछि रहेको छ ।

यस सिजनको जारी इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले ८६ अंक जोड्दै ३१ खेलबाट च्याम्पियन बनेको हो । लिभरपुलले लिगको पछिल्लो खेल क्रिस्टल प्यालेससँग खेलेको थियो । त्यस खेलमा उसले क्रिस्टल प्यालेसलाई ४–० को सहज जित निकालेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width