माछापुच्छ्रे गाउँपालिकाले कोभिड–१९ कारणले स्वदेश तथा विदेशमा रोजगारी गुमाएकाहरुको निम्ति पालिकामा रोजगारीका अवसर वृद्धि गर्न लघुउद्यम कार्यक्रमसहित स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी आव २०७७÷०७८ को बजेट कार्यक्रम सार्वजनिक गरेको छ।
बुधबार आयोजित गाउँसभामा गाउँपालिकाले ६२ करोड ६७ लाख ६९ हजार २ सय ९० रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।
जसमा नयाँ परिस्थितिले सिर्जना गरेको चुनौती सामना गर्ने र प्राप्त अवसर उपयोग गर्दै प्राकृतिक, सांस्कृतिक र विभिन्न भौगोलिक विविधताले गाउँपालिकालाई समृद्ध बनाउन स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासमा जोड दिइएको छ ।
गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडीले कूल बजेटअन्तर्गत चालुतर्फ २८ करोड १९ लाख २० हजार र पूँजीगततर्फ ३४ करोड ४८ लाख ५९ हजार २ सय ९० विनियोजन गरेको जानकारी दिइन्।
जसमा पूर्वाधार विकासतर्फ २३ करोड ५४ लाख ७२ हजार ४ सय ९०, सामाजिक विकासमा ४ करोड ७० लाख ४६ हजार ८ सय, आर्थिक विकासमा ३ करोड ५ लाख ८० हजार, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा २ करोड १५ लाख ५० हजार र सुशासन, संस्थागत विकास तथा सेवा प्रवाहमा १ करोड २ लाख बजेट विनियोजन गरिएको छ।
कोरोना भाइरस रोगको रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन,क्वारेन्टिन निर्माण,सञ्चालन र व्यवस्थापन साथै औषधी उपकरण तथा कोष स्थापनाका लागि १ करोड ५० लाख विनियोजन गरिएको छ ।
स्वास्थ्य संस्थाको सुदृढीकरण, स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर, औषधी उपचार एम्बुलेन्स, ल्याव स्थापना लगायतमा ५५ लाख बजेट छुट्टाइएको छ ।
कोभिड–१९ का कारणले वैदेशिक रोजगारबाट घर फर्केका र बेरोजगार युवाको उद्यमशीलता विकासका लागि सहकारीमार्फत उद्यमशील घुम्ती कोष सञ्चालनमा ५० लाख बजेट छुट्टाइएको छ ।
त्यस्तै, कृषि तथा पशु क्षेत्रमा अग्रणी गाउँपालिकाका रुपमा विकास गर्न व्यवसायको व्यवसायीकरण, आधुनिकीकरण र यान्त्रिकरणका लागि १ करोड ८६ लाख , एक घर एक धारा कार्यक्रमका लागि २ करोड ३३ लाख, महिला बालबालिका, दलित, जनजाति, ज्येष्ठ नागरिक र अपाङ्ग वर्गको उत्थान र सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्न ५५ लाख, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री र जनउत्तरदायी बनाउन १ करोड ७ लाख रुपैयाँ बजेट छुट्टाइएको छ ।
त्यसैगरी, गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि ६ करोड ५० लाख, गाउँपालिका आउने मुख्यबाटो गोरुगौडा समिबगर सडक कालोपत्र गर्न १ करोड ५० लाख, बर्थिङ सेन्टर सुदृढीकरणमा १५ लाख, राष्ट्रपति रनिङ शिल्डका लागि १० लाख, गाउँपालिका तथा सबै वडा कार्यालयहरुमा सीसी टिभी जडानमा १० लाख, उच्च शिक्षा छात्रवृत्तिका लागि १० लाख तथा जलउत्पन्न प्रकोष नियन्त्रणमा ३० लाख लगायत विविध शीर्षकमा बजेट विनियोजन गरिएको हो ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१