राष्ट्रपतिले राजनीतिक दलका शीर्ष नेतालाई छलफलका लागि डाकिन्

रासस
असार १०, २०७७
1530708263Bidhya-Bhandari

काठमाडौँ, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले आज समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति निवास शीतल निवासमा डाकेकी छन् ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड -१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शीलत निवासमा साँझ ५ बजे नेताहरुलाई भेटघाटका लागि बोलाइएको जानकारी दिए ।

उनका अनुसार छलफलमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको छ । ‘‘कोभिड -१९ को कारण बन्दाबन्दीले गर्दा राजनीतिक दलका शीर्ष नेतासंँग राष्ट्रपतिको तीनचार महिना नै भेट भएको थिएन ’’, उनले भनिन् ‘‘ सामूहिक भेट गर्न र समसामयिक विषयमा छलफल गर्न उनीहरुलाई बोलाएकी हुन् । यो नियमित भेटघाट पनि हो ।

Related News

सम्बन्धित समाचार

hero news full width