सामुदायिक विद्यालयको पूर्वाधार विकास संस्थागतले गर्ने बुँदा त्रुटिपूर्णः अधिकारी

आदर्श समाज सम्वाददाता
असार ९, २०७७
khagaraj-adhikari

पोखरा, ९ असार । गौरवशाली विगत, चुनौतिपूर्ण वर्तमान, गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुशासन भन्ने उद्घोषका साथ नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगर समितिद्वारा आयोजित शिक्षक अनलाइन कार्यशाला भइरहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले शिक्षा बजेटमा आएको संस्थागत विद्यालयले सामुदायिक विद्यालयको पूर्वाधार विकास र अनुगमनजस्ता कार्यक्रम त्रुटिपूर्ण भएको भन्दै इसिडी अनि कर्मचारी तलबमानमा सच्याउनुपर्ने भनेर उपसमितिको वैठकले सिफारिस गरिसकेको र केही दिनमा यसको परिणाम आउने बताए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगरका अध्यक्ष विष्णुहरि त्रिपाठीले बन्दाबन्दीको समयमा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणका लागि शिक्षकलाई पनि प्रविधिमा जोड्नुपर्ने आवश्यकता रहेको महसुस गरेकाले यस्तो कार्यशाला गरेको बताए । कार्यशालाको दवौँ दिन गुगल ड्राइभ र डकुमेन्टसम्बन्धी कार्यशालामा नेपाल राष्ट्रिय शिक्षक द्धय भीम सुवेदी र खेम पौडेलले सहजीकरण गरेका थिए ।

कार्यक्रमको समीक्षा संगठन गण्डकी प्रदेश उपाध्यक्ष गङ्गा शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका केन्द्रीय सदस्य लोचना अधिकारी, रसुवा जिल्ला सचिव राजन न्यौपानेले शुभकाममना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महानगर समिति सचिव झलक पौडेलले गरेका थिए भने अध्यक्ष विष्णुहरि त्रिपाठीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width