मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
परीक्षणका लागि पठाइएको स्वाब परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए। गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा ५७ वर्षका एक पुरुषको बाटोमै मृत्यु भएको थियो।
वडा नम्वर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका उहाँको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको हो । घाँटीको शल्यक्रिया समेत गरेका उहाँलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो।
लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार उपचारपछि घर फर्कदै गरेका उहाँको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो ।
याे सँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १६ पुगेकाे छ। स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गर्न बाँकी छ।
Related News
सम्बन्धित समाचार
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
hero news full width
मुख्य समाचार
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१