म्याग्दी ,२८ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका –६ ,कोटगाउँमा मध्यरातमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । साविक पाखापानी गाविकस वडा नं ७ स्थित पहिरोमा पुरिएर ५० वर्षीया हमाया शेरपुञ्जा र ४ बर्षिया नातिनि सिम्रन छन्त्यालको मृत्यु भएको वडा अध्यक्ष मनकुमार शेरपुजाले जानकारी दिए।
उनका अनुसार राती करिब १२ बजेतिर उनीहरु सुतिरहेको गोठमा लेदोसहितको पहिरो आएपछि गोठ नै पुरिएको हो । गोठमा सुतिरहेका उनीहरु अचानक गोठ माथिबाट पहिरो आएपछि बाहिर निस्कन नसक्दा पहिरोले पुरिएका हुन् । पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ढकबहादुर हमालको नेतृत्वमा गएका प्रहरी र स्थानीयबासीले हमाया र सिम्रनको मृत फेला पारेका वडा अध्यक्ष शेरपुजाले बताए।
पहिरोले परिएर ढुङ्गा, माटोले बनेको जस्ताको छानो भएको कच्ची गोठमा रहेका अन्नपात, भाडाबर्तनलगायत सबै नष्ट भएको छ । पशु चौपायको भने क्षति भएको छैन। थप उद्दार र अनुसन्धानका लागि जिल्लाबाट प्रहरी निरिक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको छ।
Related News
सम्बन्धित समाचार
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१