पोखरा, २७ जेठ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष बाबुराम थापाले वैकल्पिक सिकाइको आधारमध्ये अनलाइन क्लास पनि एक भएको बताएका छन् ।
कोरोनाको कहर, लकडाउनको विषम परिस्थिति र विद्यालय खुल्न नसकिरहेको अवस्थामा अनलाइन नै सर्वेसर्वा आधार नभएता पनि एक वैकल्पिक उपाय भएको उनले बताए । सबै विद्यार्थी तथा अभिभावकमा पहँुच नभएता पनि जसलाई जे उपाय सहज हुन्छ त्यही तरिका अपनाएर सिकाइ गर्नुपर्नेमा उनको जोड थियो । व्यापार, व्यवसाय, पेसा, शिक्षा, अर्थलगायत सबै क्षेत्र डामाडोल भएता पनि परिस्थितिजन्य उपाय अपनाउँदै राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगिता आयोजना गर्नु अत्यन्त प्रशंसनीय भएको उनले बताए ।
त्यस्तै कार्यक्रमको समीक्षा गर्दै प्रा.डा.खगेन्द्र प्रसाद लुइँटेलले विद्यार्थीलाई भाषा र यसको सही प्रयोगमा वक्तृत्व कला निकै महत्त्वपूर्ण भएकाले उत्कृष्ठ प्रस्तुतिका लागि सुधारसहित सफलताको शुभकामना दिए । नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष केशवराज उपाध्यायले आजको सूचना र प्रविधिको युगमा शिक्षालाई प्रविधिमा जोडिन सहज भएको भन्दै विद्यार्थीको प्रस्तुतिहरु उत्कृष्ठ भएको बताए ।
वक्तृत्वकला प्रतियोगितामा देशभरबाट ९७ जना विद्यार्थीहरु सहभागी मध्ये प्रतियोगिताको पाँचौँ दिन सिकाइमा सामाजिक सञ्जाल, प्रयोग र सम्भावना भन्ने शीर्षकमा लुना न्यौपाने, महिमा मल्ल, मनु न्यौपाने, मोनिका जिसी, नजमुल हक, निमा घले, निम्न सेन्चुरी, निश्चल तामाङ, प्रगति अधिकारी र प्रकाश उपाध्याय गरी १० जना विद्यार्थीले वक्तृत्व प्रस्तुत गरेका थिए ।
प्रतियोगिताका निर्णायक मण्डलमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. यदुनन्दन उपाध्याय, सहप्रा.डा. पुण्यप्रसाद शर्मा, पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत डोलराज अर्याल र नेपाली भाषा शिक्षक परिषद कास्कीका अध्यक्ष डिल्लीराम अर्याल रहेका छन् ।विभिन्न चरण गरी १३ दिनसम्म चल्ने वक्तृत्वकला कार्यक्रमको सातौँ दिन बुधबार समृद्धिका लागि राज्यका तयारी, स्वदेशी उत्पादन र रोजगारी विषयमा प्रस्तति रहने संगठनका अध्यक्ष रोमहर्षण पौडेलले बताए ।
प्रतियोगितामा प्रथम हुनेले रु २५ हजार, दोस्रोले रु १५ हजार, तेस्रो हुनेले रु १० हजार, ७ जनालाई रु २ हजारका दरले सान्त्वना पुरस्कार र सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने कार्यक्रममा संयोजक तीर्थराज ढकालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना
रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन
माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१