जेनेभा स्वट्जरल्याण्ड, २३ जेठ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९३ हजार २६४ पुगेको छ भने, संक्रमितको संख्या ६७ लाख ५ हजार ५८८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।
नेपाली समयानुसार शुक्रबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३२ लाख ५३ हजार २११ जना निको भएका छन् । हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३० लाख ५९ हजार ११३ व्यक्ति उपचाररत रहेका छन् ।
संक्रमितहरुमा ५५ हजार ४५७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख २४ हजार १८९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख १० हजार १७९ व्यक्तिको मृत्यु भएको छ ।
दक्षिणमा अमेरिकामा १० लाख ३० हजार ६९७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४६ हजार ९० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २१ लाख ८० हजार ८५५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३१ हजार ९९० जनाको मृत्यु भएको छ । युरोपमा २० लाख ४५ हजार ७७१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७७ हजार ११८ को मृत्यु भएको छ । एसियामा १२ लाख ६६ हजार ५०४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३३ हजार १४४ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा १ लाख ७२ हजार १८३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४ हजार ७८३ जनाको मृत्यु भएको छ । ओसियाना ८ हजार ८५७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, १२४ जनाको मृत्यु भएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
hero news full width
मुख्य समाचार
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१