पाल्पा, १९ जेठ । सोमबार थप २ जनामा कोरोना पुष्टि भएसँगै पाल्पामा कोरोना संक्रमित ५ पुगेका छन् ।
यसअघि आइतबार रैनादेवी छहराका २ र माथागढी गाउँपालिकाका १ गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सोमबार भैरहवास्थित प्राशिक प्रयोगशालामा गरिएको परीक्षणमा निस्दी गाउँपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७ र ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । एकहप्ता अगाडि भारतबाट आएका उनीहरू स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए ।
आइतबार संक्रिमत पुष्टि भएका ३ जनालाई तानसेन भुसलडाँडामा निर्माण गरिएको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालयका नि. प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए । उनका अनुसार बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
पाल्पाबाट प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएका २ सय ७२ जनाको परीक्षणमा २ सय ६२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अन्य ५ जनाको भने रिपोर्ट आउन बाँकी छ ।
देशभर कोरोना संक्रमितको संख्या भने १ हजार ८ सय ११ पुगेको छ । सोमबार कुल २ सय ३९ नयाँ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
Related News
सम्बन्धित समाचार
ज्येष्ठ नागरिकमैत्री विविध सांस्कृतिक तथा भजन प्रतियोगिता तयारी पूरा
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१