बुटवल, १२ जेठ । प्रदेश ५ मा कोरोना संक्रमित हुनेको संख्या २ सय ९५ पुगेको छ । सोमबार अर्घाखाँचीमा समेत पहिलोपल्ट कोरोना संक्रमित देखिएका छन् । यस्तै, गुल्मीमा थप २ जनामा कोरोना संक्रमित भेटिएका छन् । गुल्मीमा मात्रै कोरोना संक्रमित हुनेको संख्या ३ पुगेको हो।
प्रदेश ५ को भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा गरिएको परीक्षणमा उनीहरुमा कोरोन संक्रमित पुष्टि भएको हो।
अर्घाखाँचीको पाणिनीको क्वारेन्टाइनमा रहेकामध्ये २ जना र गुल्मीको धुर्कोटको क्वारेन्टाइनमा रहेकाहरु भएको प्रयोगशालाले जनाएको छ। यस्तै कपिलवस्तुका थप २ जना र रुपन्देहीका १ जनामा कोरोना पोजेटिभ देखिएको छ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १ र अर्का कपिलवस्तुकै अस्पतालका बिरामी रहेको जनाइएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालका विरामीमा कोरोना पुष्टि भएको हो । सबैजना पुरुष हुन्।
मुलुकका कुल ७ प्रदेशमध्ये सबैभन्दा धेरै संक्रमित हुने प्रदेशमा ५ का छन् । सबैभन्दा बढी बाँकेका छन्।
नेपालमा कोरोनाबाट ज्यान गुमाउने कुल ४ मध्ये प्रदेश ५ का २ जना छन् । जेठ ४ मा बाँके नरैनापुरका क्वारेन्टाइनमा बसेका २५ वर्षीय पुरुष र जेठ ८ मा गुल्मीका ४१ वर्षीय शिक्षकको मृत्यु भएको हो।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
hero news full width
मुख्य समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१