डेढ महिनाअघि बेपत्ता भएका थापा सेती नदीमा मृत फेला

आदर्श समाज सम्वाददाता
जेठ १२, २०७७
Corona-deaths

पोखरा, १२ जेठ । पोखरा–१ बगर स्थित सेती नदीको खोँचमा सोमबार एक युवकको शव फेला परेको छ ।

दुई साथीसहित गत चैत २८ गते पोखरा–१ बगर स्थित सेती नदीमा पौडिखेल्ने क्रममा डुबेर बेपत्ता भएका गोरखा आरुघाट घरभई पोखरा–१६ दिपमा बस्दै आएका २४ बर्षीय अमृत थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रवक्ता नरहरि अधिकारीले बताए । उनको शव घटनास्थल भन्दा केही दुरी तल भेटिएको थियो ।

उनको शव सेती नदीमा तैरिएको अवस्थामा सोमबार दिउसो १.०० बजे फेला परेको हो । थापासँगै पौडिखेल्न गएको अन्य दुई जना भने चैत २८ गते सकुशल घर पुगेका थिए । उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।

त्यसैगरी पोखरा–१८ स्थित सेदीफाँटमा निर्माणाधीन अपार्टमेन्टमा काम गर्ने कञ्चनपुर जिल्ला पुनबार्स नगरपालिका–२ घर भएका ४५ वर्षीय पदम लामा मृत फेला परेका छन् । अपाटमेण्टमा काम गर्ने क्रममा अचानक वेहोस भई ढलेका लामाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width