नवलपरासी, १२ जेठ । पूर्वी नवलपरासीको गैडाकोटमा हावाहुरीले कुखुराको खोरा भत्कदा दुई जनाको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीषक मोहनबहादुर खाँणका अनुसार गैडाकोट ६ बोटे टोलमा गैडाकोट ८ निवासी काशीारम पौडेलको बाँस र खरले बनाएको कुखुराको खोर अचानक आएको हावाहुरी र बर्षातका कारण भत्कँदा ३५ बर्षीया काशीराम पौडेल र सोही स्थानमा डेरा गरी बस्ने कास्की जिल्लाका ४० बर्षीय सूर्यबहादुर भण्डारीको निधन भएको हो ।
खोर भित्र सरसफाई गरिरहेको बेला एक्कासी खोर भत्किएको थियो ।
खोरले च्यापिएर गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा आइतबार साँझ निधन भएको प्रहरीले जनाएको छ ।
उनीहरुका छोरा वर्ष ९ का प्रतिक पौडेल र डेढ वर्षका सुमिन भण्डारीको अवस्था भने सामान्य रहेको छ । हावाहुरीले खोर भत्काए पछि आफ्ना साना छोराहरुलाई उनीहरुले काखमा राखेर सुरक्षित गरेका थिए । घटना पछि इलाका प्रहरी कार्यालय गैँडाकोट, सशस्त्र प्रहरीको टोली र स्थानीय बासिन्दाहरुको सहयोगमा खोर पन्छाएर उनीहरुलाई निकालिएको थियो ।
खोरले च्यापेर २ ओटा बाख्रा लगायत सयौं कुखुरा समेत मरेका छन् । खोरमा एक हजार कुखुरा रहेका थिए ।
Related News
सम्बन्धित समाचार
चट्याङ लागेर एकजनाकोे मृत्यु
पौडी खेल्दा डुबेर पोखरामा २ बालकको मृत्यु
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१