पोखरा, ३ जेठ । लायन्स क्लब अफ पोखरा पिस सिटीले अनलाईन (भर्चुअल) बैठकबाट लायन वर्ष २०२०/२०२१ को लागि नयाँ नेतृत्व चयन गरेको छ । कोरना भाइरस महामारीका कारण मुलुकभर कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीको पूर्ण पालना गर्दै क्लबले शनिवार निर्वाचन सम्पन्न गरेको छ ।
लायन वर्ष २०२०/२१ को लागि प्रस्ताविक अध्यक्षमा क्लबका प्रथम उपाध्यक्ष रामप्रसाद अधिकारीलाई सर्वसम्मत निर्वाचित गरेको छ । साथै क्लबले प्रथम उपाध्यक्षमा राजेश रानाभाट, द्वितीय उपाध्यक्षमा ई हरिप्रसाद अधिकारी, तृतीय उपाध्यक्षमा युवराज खनाल, सचिवमा दीपेन्द्र चालिसे, क्लब प्रशासकमा ज्ञानेन्द्र थापा, कोषाध्यक्षमा प्रमोद ओझा र सह–कोषाध्यक्षमा पुष्पराज पौडेल चयन गरेकोे छ ।
यसै गरी मेम्बरसीप चियरपर्सनमा तीर्थराज सुवेदी, एलसीआइफ कोर्डिनेटरमा दिवश कुवँर, क्लब सर्भिस चेयरपर्सनमा रविकुमार श्रेष्ठ, क्लब कम्यूनिकेशन एण्ड मार्केटिङ्गचेयरपर्सनमा लोकेन्द्र अर्याल साथै निर्देशकहरुमा ई राजेन्द्र ढकाल, शैलेश रायमाझी, बलराम केसी, डा असिम सुवेदी, लोकनाथ अधिकारी, रमेश बराल लगाएत चयन भएको निर्वाचन संयोजक एवं क्लबका निवर्तमान अध्यक्ष हरिराम पराजुलीले जानकारी दिए ।
क्लबका संस्थापक अध्यक्ष सुदीपराज ढुंगाना, पूर्व अध्यक्षहरु प्रशान्तराज धमला, खेमनारायण काफ्ले, टंकराज अधिकारी, जीवन ढुंगाना, निवर्तमान अध्यक्ष हरिराम पराजुली लगाएतले नव निर्वा्चित अध्यक्ष लगाएत सम्पूर्ण टिमलाइ बधाई तथा शुभकामना ब्यक्त गर्दै क्लबले अघि सारेका कार्यहरुका साथै डिस्ट्रिक्टले अवलम्ब गर्ने कार्यक्रमहरुलाई प्राथमिकता साथ सम्पन्न गर्न जोड दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष रामप्रसाद अधिकारीले क्लबले अघि सारेका कार्यक्रमलाई निरन्तरता दिदै क्लबलाई अझै शशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्र्दै क्लबका साथीहरूको भरपुर सहयोग र सपोर्टको लागि आग्रह गरेका थिए । क्लबका अध्यक्ष अर्जुन सिग्देलकोे अध्यक्षतामा बसेको अनलाईन बैठकले अहिले यस्तो बिषम परिस्थितिमा पनि लायन्सले पु¥याउदै आएको सेवा, आम मानिसले भोग्नु परेका समस्याहरुका सम्बन्धमा गहन छलफल गरी तत्काल चाल्नुपर्ने कदमका बिषयमा आवश्यक निणर्य समेत गरिएको क्लबका सचिव युवराज खनालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१