पोखरा । पोखरा महानगरपालिका–११ फूलबारीस्थित स्थानीय गार्डेन युवा क्लबले बिहीबार वडा प्रहरी कार्यलय रामबजारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
कोरोना (कोभिड–१९) बाट बच्न क्लबले रामबजार वडा प्रहरी कार्यलयलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो । क्लबले राहतस्वरुप ४० कार्टुन मिनरल पानी सहित ५ सय थान माक्स, पञ्जा १ हजार थान ५ सय मिलि लिटरको ६ वोटल स्यानिटाइजर (३ लिटर) लगायतको स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
क्लबका अध्यक्ष विनोद गुरुङ, उपाध्यक्ष विकास गुरुङ सदस्य अमृत गुरुङ, सल्लाहकारहरु नवराज भण्डारी र देवेन्द्र बास्तोला लगायतले रामबजार वडा प्रहरी कार्यलय ईञ्चार्ज प्रहरी निरीक्षक प्रकाश थापालाई संयुक्त हस्तान्तरण गरेको हो ।
कोरोनाको महाब्याधीले विश्व नै आक्रान्त पारेको बेला सुरक्षा व्यवस्थापनका लागि अग्रमोर्चामा रहेको प्रहरीहरुका लागि स्वास्थ्य सामग्री प्रदान गरेको क्लबका अध्यक्ष गुरुङले बताए । यसले विपद्को अवस्थामा जीउ ज्यान नभनी सुरक्षाकर्ममा अहोरात्र खटिएका सुरक्षाकर्मीहरुलाई हौसला बढ्ने गुरुङको भनाई थियो ।
यसअघि, क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना रोकथामका लागि पोखरा महानगरले स्थापना गरेको राहत कोषमा सहयोग र खुल्ला रक्तदानको आयोजना गरेको थियो ।
क्लबले पोखरा महानगरपालिका वडा नं ११ को वडा कार्यलयको समन्वय र नेपाल रेडक्रस सोसाइटी कास्कीको रक्तसंचार सेवा कार्यलयको व्यवस्थापनमा ६ दिनअघि मात्रै शनिबार फूलबारीस्थित शिवशक्ति माविमा खुल्ला रक्तदानको आयोजना गरेको थियो ।
त्यस्तै, क्लबले गत वैशाख २२ गते कोरोना रोकथामका लागि पोखरा महानगरले स्थापना गरेको राहत कोषका लागि ५० हजार १ सय ५ रुपैयाँ प्रदान गरेको थियो ।
Related News
सम्बन्धित समाचार
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१