पोखरा, २७ बैशाख। तमु धिं नेपालले पोखरा महानगपालिकालाई १ लाख १ हजार सहयोग गरेको छ। प्राणघातक कोभिड १९ कोरोना भाइरसले मुलुक डेढ महिना अघिदेखि लकडाउन भइरहेको अवस्थामा तमु धिं नेपालले पोखरा महानगरपालिकाको विषद व्यवस्थापन कोषमा शनिवार सहयोग हस्तान्तरण गरेको हो।
तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङको नेतृत्वमा गएकाे तमु धिं नेपालकाे टोलीले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङलाई उक्त रकमकाे चेक हस्तान्तरण गरे। चेक ग्रहण गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कोरोनाले विश्व नै माहामारीमा परेको बेला तमु धिं नेपालले गरकाे सहयोगकाे लागि पोखरा महानगर कार्यपालिकाकाे तर्फबाट धन्यवाद व्यक्त गरे। भेटमा महानगरका उपमेयर मञ्जुदेवी गुरुङले महानगरले हालको समस्यामा परेका महानगरबासीका समस्या समाधान गर्न जुटिरहेको र केही समस्या भए महानगरको हटलाईन ११८१ र ११८६ मा सम्पर्क गर्न अनुरोध गरिन्। महानगरले चैत्र महिना यता ४२ दिनभित्रका सुत्केरी भएका आमाहरुलाई पोषणयुक्त राहत र नगद ५ सय रुपैया वितरण गर्दै आएको उनले बताइन्।
तमु धिं नेपालमा कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले कोरोनाको कहरमा पोखरा महानगरपालिकालाई संस्थागत सामाजिक उत्तरदायित्व महसुस गर्दै थोरै भए पनि सहयोग गरेको बताए। आफै मागेर सञ्चालन हुने सामाजिक संस्थाले मुलुक संकटमा पर्दा सक्दो सहयोग गर्नुपर्दछ र अझै पनि महानगर, वडाहरुलाई आवश्यक परे भन्नुस् तमु धिं नेपाल र ४८ क्षेत्रीय समाजहरु सहयोग गर्न तयार रहेको उनकाे भनाई थियो।
यस अघि तमु धिं नेपाल र क्षेत्रीय तमु समाजहरुको तर्फबाट गण्डकी प्रदेश सरकारलाई कोरोना भाइरस नियन्त्रण र उपचारकोषमा ५ लाख रुपैया सहयोग हस्तान्तरण गरिसकेको छ भने क्षेत्रीय तमु समाजहरुले आफ्नो समाज भित्र र क्षेत्रमा समस्यामा परेकाहरुलाई राहत वितरणका साथ सहयोग गर्दै आईरहेको छ। यसरी नै तमु धिं नेपालले क्वारेण्टाइनका लागि आवाश्यकता भए प्रदेश सरकारलाई तमु धिं नेपाल र क्षेत्रीय समाज भवनहरु उपलब्ध गर्ने निर्णय नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हस्तान्तरण गरेको थियो।
Related News
सम्बन्धित समाचार
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१