कीर्तिमानी पदक विजेता सबिता राजभण्डारीको पीडित परिवारलाई सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७७
Sabita Raj Bhandari Help

पोखरा । एसियाली खेलकुदमा रजत पदक विजेता तेक्वान्दो खेलाडी सविता राजभण्डारीले समस्यामा परेका पीडित परिवारलाई सहयोग गरेकी छन् ।

सबिताले कोरोना भाइरसका कारण समस्यमा परेका दैनिक ज्यालादारी गर्ने मजदुरलगायत परिवारलाई खाद्यान्न प्रदान गरेकी हुन् ।

आफ्ना पति किशोर श्रेष्ठको सहयोगमा उनले काठमाडौं महानगरपालिका ११ का दुई सय पीडित परिवारलाई खाद्यान्न सामाग्री प्रदान गरेकी हुन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेश सिलवालले पीडितको पहिचान गर्दै सम्बन्धितलाई वितरण गर्ने गरी वडाध्यक्ष हीरालाल तण्डुकारलाई राहत हस्तान्तरण गरे ।

सबिताले सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाली खेलकुदमा रजत जितेकी थिइन् । एसियाली खेलकुदमा कुनै पनि नेपाली खेलाडीले व्यक्तिगत स्पर्धामा जितेको यो एकमात्र पदक हो ।

Related News

सम्बन्धित समाचार

hero news full width