पोखरा । लकडाउनका कारण खाना खान नपाएर अप्ठेरोमा परेकाहरुलाई पौरखी स्वयम सेवक समुह पोखराले पाँच दिनमा ४३ सय जनालाई निःशुल्क खाना खुवाएका छन् । शनिबार देखी शुरु भएको भएको अभियानमा बुधबार साँझ सम्म ४ हजार २ सय ९९ जनालाई खाना खुवाउका हुन् ।
पोखराका युवाहरुले विपन्नलाई निःशुल्क खाना खुवान थालेका छन् । पौरखी स्वयम सेवक समुह सडकमा बस्दै आएका, घरमा खाने कुरा नभएर भोकै बस्नु पर्ने अवस्था आएका, हिडेर गन्तव्य जादै गरेकाहरुलाई खाना दिदै आएका छन् । उनीहरुले खाना पकाएरै प्याक गरेर पुर्याउने गरेका छन् ।
पोखरा ७ शान्ति नगरमा रहेको शान्तिनगर व्याङक्युटमा खाना पकाउनले गरेका छन् । खाना प्याक गरेर खाना नपाएको खबर आए पछि सोही ठाउँका स्थानी, जनप्रतिनिधि, प्रहरीसगँ समन्वय गरेर खाना पुर्याउन गरेको पौरखी स्वयम सेवक समुहका जनक पराजुलीले बनाए । पहिलो चरणमा आफुहरुले नै नगद उठाएर विहान र बेलुकाको खानाको प्रबन्ध गरेको उनको भनाई छ ।
घरमा चुल्हो बल्नै छाडेको अवस्थामा समुहका सदस्यलाई टेलिफोन वा कुनै माध्यमले सम्पर्क गरे पीडित भएकै ठाउँमा खाना पुर्याउने गरेका स्वयम सेवी समुहका अर्का सदस्य राजु शर्माले बताए । उनले विहान ८ बजेदेखि १० बजेसम्म साँझ ५ बजेदेखि खाना पुर्याइदिने गरेका छन् । खानाका प्याकेटमा दाल, भात, अचार र तरकारी समावेश गरेर पुर्याउने व्यवस्था गरेको बताए ।
‘यो अवधिमा कोही भोकै बस्न नपरोस् भनेर खाना खुवाउने काम थालेका हौ,’ अर्का सदस्य विष्णु प्रसाद पौडेलले भने ‘धेरै जना भोक भोकै परेको सुने पछि यो अभियान शुरु गरेका हौ ।’ उनले कामका लागि सहयोगी दाता र सहयोगी मन दिन दिनै थपिदै गएको बताए । खान पाएनन् भनेर पनि दिनै पिच्छे बढ्दै गएको उनले बताए । खानै नपाउने अवस्थाको ठुलो परिवार छ भने पोखरा महानगरलाई नै राहतको व्यवस्था गर्न भनेको उनले बताए ।
शनिबार विहानबाट शुरु भएको अभियानमा पाँच दिन सम्ममा ४ हजार २ सय ९९ जनालाई खाना निःशुल्का पुर्याइसकेको समुहका अर्का सदस्य खेमराज तिमिल्सिनाले बताए । उनले शनिबार विहान बेलुका गरे ३ सय ११ जना, आइतबार विहान बेलुका ९ सय ४५ र सोमबार विहान बेलुका १ हजार ४९, मंगलबार ८ सय ५१ जना र बुधबार १ हजार १ सय ४३ जनालाई खाना पु¥याएको उनले बताए ।
पोखरा महानगरले समन्यको भुमिका खेले छ भने दिदि बैहिनी फाण्डेसनले दैनिक १ सय खानामा सहकार्य गर्दै आएको उनले बताए । पोखरा महानगरमा खानाको लागि ९८५६०२५४९६, ९८५६०३५०५२, ९८५६०७८६४९, ९८५६०३६१७५, ९८५६०३६७३३, ९८५६०५८२८८ मा सम्पर्क गर्न सकिनेछ ।
Related News
सम्बन्धित समाचार
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१