पोखरा । पोखरा– ३० को कार्यलायमा वडाध्यक्ष श्रीराम पोख्रेलको संयोजनमा बसेको बैठकले वडामा बस्ने नागरिकहरुको हितलाइ ध्यानमा राख्दै बिपद ब्यबस्थापन तथा सहयोग कोषको स्थापना गरेको छ।
कोषलाई पारदर्शी बनाउनको लागी आर्थिक परिचालन समितिको पनि गठन गरेको छ। समितिमा नेकपा ३० का अध्यक्ष कृष्ण अधिकारी, नेपाली काँग्रेस ३० का सभापति निरलाल तझ्याको सम्युक्त अध्यक्षतामा समिति निर्माण भएको हो। दुइ अध्यक्ष मध्ये कुनै एकको हस्ताक्षर तथा वडा सचिब दुर्गा न्यौपानेको अनिबार्य हस्ताक्षर हुनेगरी बैंक खाता सन्चालन हुने कृष्ण अधिकारीले जानकारी दिए।
११ सदस्य रहेको समितिमा लेखनाथ उद्योग बाणिज्य संघका द्धितीय उपाध्यक्ष राजेन्द्र ओझा, लायन्स क्लब अफ ताल नगरीका अध्यक्ष केशब तिवारी, कृषि सञ्जालका अध्यक्ष दयाराम तिवारी, गौतम ऋषि सहकारीका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, शिशुवा सिआरभिका प्रमुख, गगनगौडा शाखाका प्रहरी प्रमुख, मिडियाकर्मी शिबराज सुबेदी लगायत सदस्य रहेका छन् ।
समिति गठन प्रकृयामा बिभिन्न आमासमुह, टोलबिकास सस्था, युवा क्लब र सामाजिक ब्याक्तित्वहरुको सहभागिता रहेको थियो। समितिले अर्थ संकलनको लागि ब्यक्तिगत, संस्थागत र बिभन्न सामाजिक ब्याक्तित्वहरुलाई अनुरोध गर्नेछ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१