कोरोनाविरुद्धको ‘फण्ड कलेक्सन’का लागि ब्याट लिलाम गर्दै बंगलादेशी क्रिकेटर मुश्फिकुर रहिम

एजेन्सी
वैशाख ८, २०७७
mushfiqurrahim, Bangalian Cricketer

बंगलादेशी क्रिकेटर मुश्फिकुर रहिमले कोरोनाविरुद्धको कोषमा रकम जम्मा गर्न ‘ब्याट’ लाई लिलाममा राखेका छन् ।

कोरोना भाइरसविरुद्धको अभियानमा बंगलादेशी क्रिकेटका ब्याट्सम्यान मुश्फिकुर रहिम पनि जोडिएका हुन् । उनले कोरोना विरुद्धको ‘फण्ड कलेक्सन’का लागि आफ्नो ‘ब्याट’ लिलाम गर्न लागेका हुन् । रहिमले लिलामीबाट प्राप्त हुने रकम कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेका बंगलादेशी जनताका लागि खर्च गर्ने बताएका छन् ।

रहिमले बंगलादेशबाट टेस्ट क्रिकेटमा दोहोरो शतक बनाएको ब्याट लिलाम गर्न लागेको समाचार छ । उक्त ब्याटमार्फत रहिमले २०१३ मा श्रीलंकाविरुद्ध दोहोरो शतक बनाएका थिए ।

रहिमले अहिलेसम्म ३ पटक दोहोरो शतक बनाएका छन् । बंगलादेशको क्रिकेट इतिहासमा अहिलेसम्म ५ वटा दोहोरो शतक बनेको छ । रहिमले ३ पटक दोहोरो शतक बनाउँदा शाकिब अल हसन र तमीम इकबालले १÷१ पटक दोहोरो शतक बनाएका छन् ।

Related News

सम्बन्धित समाचार

  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…

hero news full width