पोखरा, ६ फागुन। तमु सांस्कृतिक प्रतिष्ठानले संचालन गरेको विद्यार्थी छात्रवृत्ति कोषमा एनआरएनएका पूर्व अध्यक्ष शेष घलेले पौने २४ लाख सहयोग गरेका छन्।
पोखरामा सोमबार भएको एक कार्यक्रमबीच घलेले २३ लाख ७५ हजार रुपैयाँको चेक तमु सांस्कृतिक प्रतिष्ठान अध्यक्ष चिजकाजी गुरुङलाई हस्तान्तरण गरे। प्रतिष्ठानले लामो समयदेखि कठिन परिस्थितिमा परेका र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। विभिन्न ब्यक्ति तथा संस्थाको नाममा छात्रवृत्ति स्थापना गरेर प्रतिष्ठानले विद्यार्थीलाई आर्थिक सहयोग गरिरहेको छ।
कार्यक्रममा घलेले नेपालको शिक्षा प्रणाली उपयोगी हुन नसकेको बताए। समयअनुसार शिक्षाको पाठ्यक्रम परिमार्जन गर्नुपर्ने भन्दै उनले विद्यार्थीको माग र समयको आवश्यक्तालाई विशेष ख्याल गर्नुपर्ने सुझाव दिए। ‘देशको विकास गर्ने जनशक्ति उत्पादन गर्ने हो भने शिक्षामा व्यवसाय हुनुहुँदैन,’ उनले भने, ‘समयानुकूल शिक्षा नभए विकास प्रक्रियामा अफ्ठ्यारो आउँछ।’
सोही अवसरमा घले र पर्यटन व्यवसायी तथा सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यले पोखरेली विद्यार्थीलाई आफ्नो जीवनका संघर्षबारे जानकारी गराएका थिए।
शाक्यले सकारात्मक सोच नभएसम्म विकास सम्भव नभएको भन्दै खुट्टा तान्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।
कार्यक्रममा उपस्थित विद्यार्थीले घले र शाक्यलाई सफलताका प्रेरणाबारे जिज्ञासा राखेका थिए। प्रतिष्ठान अध्यक्ष चिजकाजी गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१