सरकारले पर्यटन प्रवद्र्धनका लागि नयाँ पर्यटकीय गन्तव्य पहिचान गरेर तिनीहरुको विकास र बिस्तार गरी पर्यटकलाई गाउँ–गाउँसम्म पुर्याउने लक्ष्य राखेको छ । आफ्नो लक्ष्य अनुसार सरकारले यो वर्ष २ सय पर्यटकीय गन्तव्य छानिएको जनाएको छ । सरकारले गत वर्ष १ सय वटा गन्तव्यको प्रवद्र्धन गर्ने घोषणा गरेको थियो । सरकारले त्यसरी छानेका गन्तव्यमध्ये प्रायः पार्क, पिकनिक स्थल, मन्दिर, गुम्बा, पर्यटकीय गन्तव्य पुग्ने सडक, साइकल ट्रयाक, संग्रहालय लगायत छन् । सरकारले ती गन्तव्यस्थल छनोट गर्नु पूर्व स्थानीय तह र प्रदेश सरकारसँग सुझाव मागेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका ती गन्तव्यस्थलमा भौतिक पूर्वाधारको विकास गर्ने जनाएको छ ।
मन्त्रालयका अनुसार ती पर्यटकीय गन्तव्यको विकास साझेदारीमा गर्न सरकारले ६ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसमा साझेदारले ३० प्रतिशतसम्म अतिरिक्त बजेट थप्नु पर्ने छ । लक्ष्य अनुसार काम भएका आयोजनाबाट १ अर्ब थप आम्दानी हुने र आयोजना सञ्चालन क्रममा ५ लाख ४० हजार जनाले प्रत्यक्ष रोजगार प्राप्त गर्ने छन् । देशभरि छरिएका ती गन्तव्य हेर्दा सानो देखिन्छ । तापनि, त्यसले नपत्याउने किसिमले देशी र विदेशी पर्यटकलाई आकर्षित गर्ने देखिन्छ । साथै ती गन्तव्यले पर्यटकको बसाइँ लम्ब्याउने काममा पनि सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।
सरकारले लक्ष्य त राख्छ तर लक्ष्य अनुसार काम हुँदैन । त्यसो भएकोले त्यसको उपादेयता व्यावहारिक रुपमा त्यत्ति देखिँदैन । गत वर्ष कोभिड–१९ महामारी कारण सरकारले छानेका १ सय वटा गन्तव्यमा खास काम भएन । यस पटक पनि त्यस्तै हुने देखिन्छ । फेरि धार्मिकस्थल धार्मिक उद्देश्यले विकास गरिनु पर्दछ । धार्मिकस्थल परिसरमा प्रवेश गर्नासाथ धार्मिक एवं आध्यात्मिक भावनाको अनुभूत गर्न सकियोस् । त्यस्तो वातावरण निर्माण गर्न सकिएमा मानिसको आगमन स्वतः बढ्ने हुन्छ । त्यस्तै सांस्कृतिक केन्द्रको निर्माण पनि त्यस्तै गरेर, त्यसका मौलिकता र विशेषता नोक्सान नगरिकन विकास गरिनु पर्दछ । पर्यटन प्रवद्र्धन नाममा आम्दानीलाई मात्र दृष्टिगत गरी निर्माण गरियो भने त्यसको सारतत्व नै नष्ट हुन सक्दछ । त्यसमा सरोकारवाला समयमै सजग र सतर्क हुनु आवश्यक छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१