हाम्रो सरकारमा बसेका मानिसहरु र जनप्रतिनिधिहरु एकदमै चलाख र बाठा छन् । तिनीहरु कहाँ गएर के बोल्नु पर्दछ भन्ने थाहा पाउँछन् र जहाँ गएर पनि मीठो बोल्छन् । तिनीहरु आफ्नो भाषणबाट काममा तत्परता देखाउँछन् र सहयोगको प्रतिबद्धता जनाउँछन् । सर्वसाधारण मानिसहरु तिनीहरुको त्यो तत्परता र सहयोगको आश्वासन पाएर दंग पर्दछन् । अन्यत्रभैmं हाम्रो सरकार र जनप्रतिनिधिहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कामको पटकपटक अवलोकन गरेर आफ्नो तर्फबाट सहयोग गर्ने तत्परता देखाउने गरेका छन् । तत्परताका साथ देखाइएको त्यस्तो सहयोगको आश्वासन पाएर निर्माण काममा लागेकाहरु उत्साहित पनि भएका छन् ।
चिनीया कम्पनीले बनाई रहेको त्यो विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थल सञ्चालन गर्न गठित कार्यदलले आगामी जनवरी १ तारिखदेखि आन्तरिक उडान थाल्ने आफ्नो योजना रहेको बनाएको छ । एकातिर ३ महिनापछि आन्तरिक उडान सुरु गर्ने घोषणा गरिएको छ भने अर्काेतिर हाम्रो सरकारहरुबाट गर्नुपर्ने काम अझैं भएको छैन । विमानस्थल सञ्चालन अघि पोखरा महानगरपालिकाले त्यस क्षेत्रमा रहेको ल्यान्डफिल साइट हटाउनु पर्दछ । जुन कुरा विमानस्थल सुरु गर्दा देखि नै चर्चा भएको थियो तर अभैmँ त्यो साइट हटाउने प्रयास भएको छैन । त्यस्तै रिठ्ठेपानी डाँडा पनि विमानस्थलको अर्काे समस्या हो । त्यो डाँडा कटानको काम भइरहेको छ तर काम पूरा भएको छैन । विमानस्थलमा राखिनुपर्ने नेपाल आयल निगमको इन्धन डिपोको काम पनि अघि बढेको छैन । यस्तै अन्य हाम्रो तर्पmबाट गर्नुपर्ने काम बाँकी रहेका छन् ।
एउटा महत्वपूर्ण कुराको छ भने हामीले या हाम्रा सरकारहरुले गर्नुपर्ने कामहरु बाँकी रहेसम्म विमानस्थलबाट हवाई उडानको काम नियमित सञ्चालन हुन सक्दैन । तर हाम्रो सरकारमा बस्नेहरु यसप्रति गम्भीर छैनन् । तिनीहरुले मुखले पटक–पटक सहयोगको आश्वासन त दिए, तर काम गरेनन् । जसको परिणाम हाम्रो कारणबाट त्यस विमानस्थलबाट विमान सेवा सञ्चालन ढिलो हुने संकेत प्रष्ट देखिएको छ । अहिले आएर बल्ल समन्वय समिति गठन गर्ने चर्चा चलेको छ । विमानस्थलमा रनवे थपेर ठूलो विमानस्थल ल्याउन सक्ने बनाउनु पर्नेमा पनि सम्बन्धित पक्षहरुले ध्यान दिएको छैन । यी सबैले हाम्रो तत्परता, सचेतना र सहयोग कस्तो हुन्छ भन्ने कुरा देखाएको छ । यो विमानस्थल ऋणमा बनाइएको हो । ऋणमा बनाइएकाले यसलाई सकेसम्म छिटो सञ्चालन गर्ने र सकेसम्म ठूलो जहाज अवतरण गर्ने तथा धेरै जहाज ल्याउनेतिर हाम्रो प्रयास हुनुपर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१