प्रदेश १ को नाम अब कोशी प्रदेश

सम्पादक
फागुन १९, २०७९

प्रदेश १ को बुधबार बसेको प्रदेश सभाको बैठकले एउटा ऐतिहासिक निर्णय गरेर आफ्नो प्रदेशको नाम ‘कोशी’ राखेको छ । कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत खसेको थियो भने मतदानमा ६ जना अनुपस्थिति थिए । प्रदेश सभाको यो निर्णयले ५ वर्षदेखि अनिर्णयको बन्दी रहेको विषयलाई एउटा टुंगोमा पुर्‍याएको छ । प्रदेश सरकारले यो निर्णयलाई एउटा ऐतिहासिक निर्णय मानेर प्रदेशमा सार्वजनिक बिदा दिएको थियो । अरु ६ प्रदेशहरुले समयमै आफ्नो नामकरण गरे तापनि यो प्रदेशले प्रदेशको नाम जुराउन सकेको थिएन । त्यसले प्रदेशका सभासदहरु र मन्त्रीहरुलाई समेत अप्ठ्यारो गरेको थियो । यस पटक कोशी प्रदेश पक्षमा एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपासहित प्रमुख दलहरु उभिएका थिए ।

कोशी प्रदेशअन्तर्गत १४ जिल्ला छन् । ती जिल्लाहरु एकपछि अर्को महत्वका छन् । यही प्रदेशमा विश्वप्रसिद्ध सगरमाथा हिमाल अवस्थित छ भने वराह क्षेत्रपनि यही प्रदेशमा छ । किराँत, राई, लिम्बुहरुको उद्गमस्थल पनि यही प्रदेशमा पर्दछ । यसको राजधानी विराटनगरमा विराट राजाको दरबार भएको अनुमान गरिएको छ । त्यस्तो महत्वपूर्ण ठाउँ भएकोले पहिचान आधारमा प्रदेशको नाम हुनु पर्दछ भनेर एक पक्षले संघर्ष समिति नै बनाएर आन्दोलन गर्दै आएको छ । कोशी पनि त्यहाँको महत्वपूर्ण नाम हो । पूर्वी नेपालमा सुनकोसी, इन्द्रावती, दूधकोसी, तामाकोसी, तमोर, अरुण र लिखु मिलेर सप्तकोसी बन्दछ । कोशी एक नदीमात्र होइन, यो भूगोल हो । कोशी धार्मिक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । कोशी सभ्यता पनि हो । यसको किनारमा प्राचीन बस्तीहरु छन् । ती बस्तीहरुमा अनेक धर्म र संस्कृतिको विकास भएका छन् । ती धर्म र संस्कृतिले अनेकतामा एकता नेपालको विशेषता भन्ने उक्तिलाई चरितार्थ गरेका छन् ।

कोशी प्रदेशको राजधानी विराटनगरको आफ्नै महत्व छ । यही क्षेत्रमा महाभारतकालमा पञ्च पाण्डवहरु गुप्तबास बसेका थिए । महाभारतकालीन भग्नावशेषहरु यहाँ यत्रतत्र देखिन्छन् । त्यत्तिमात्र होइन, वर्तमान अवस्थामा पनि विराटनगरको आफ्नै महिमा छ । यहाँका कोइराला परिवारको राजनीतिमा अतुलनीय योगदान छ । एउटै परिवारका मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका थिए । २००७ सालमा भएको यहाँको मजदुर आन्दोलनलाई ऐतिहासिक आन्दोलन मानिन्छन् । औद्योगिक र व्यापारिक दृष्टिबाट पनि यसको ठूलो महत्व छ । यस्तो महत्वपूर्ण क्षेत्रलाई राजधानी मानेर कोशी प्रदेश अग्रसर हुनु ठूलो कुरा हो । कोशी प्रदेशले ढिलै भए पनि एउटा ऐतिहासिक निर्णय गरेको छ । यो महत्वपूर्ण निर्णय गर्ने सबै धन्यवादका पात्र हुन् ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width