१. कोरोना महामारीले गर्दा विदेशमा रोजगारी गुमाएर अलपत्र परेका नेपालीलाई उद्धार गर्न सरकारले गरेको ढिलाईको कारण धेरैको विचल्ली भएको छ । आर्थिक समस्याका कारण भोकै बस्न बाध्य हुनु परेको र स्वास्थ्य स्थिति नाजुक बन्दै गएको छ । कतिको हवाई भाडा तिर्न नसक्ने अवस्था पनि नरहेको प्राप्त समाचारमा उल्लेख छ ।
२. चाटर्ड उडान मार्फत विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउन सुरु गरिएको भए पनि दोब्बर भाडाको मारले उनीहरु आहात भएका छन् । सरकारको व्यवस्थापन नराम्रो नहुँदा चाडटर्ड उडानमा रहेको नेपाल एयरलाइयन्सको जहाज दुईबाट रित्तै फर्कियो । रित्तै फर्किदा सो एयरलायन्सलाई एक करोड भन्दा बढी घाटा भयो । उता २ सय ६६ यात्रु विमानस्थलबाट फिर्ता नहुँदा विचल्लीमा परेका थिए ।
३. देशको मुख्य आयश्रोत रेमिट्यान्स हो । विदेश गएका नेपालीले रकमबाट देश धानिएको छ । तर यतिखेर दुःख परेको बेला सरकारले गरेको लापार्वाहपूर्ण व्यवाहारले उनीहरु पीडित छन् । समयमै उद्धार हुन सकने भने यसको नराम्रो परिणाम देशले भोग्नु पर्छ ।
४. सरकारले वैदेशिक रोजगारमा गएका नेपालीलाई छुट्टै खर्च गर्नुपर्ने पनि होइन । रोजगारमा जाँदा कल्याणकारी कोषका लागि रकम तिरेर जानु पर्दछ । वैदेशिक रोजगार बोर्ड अन्तर्गतको उक्त कोषमा पाँच अर्व भन्दा बढी रकम मौज्दात छ । विदेशमा अपलत्र परेकाहरुलाई सोही कोषबाट निःशुल्क उद्धार गर्न सकिन्छ ।
५. सरकारले आफ्नो कर्तव्य सम्झेर जति सक्दो चाँडो उद्धार गर्नुपर्नेमा ढिलाई गर्नु र महङ्गो चाटर्ड उडान र त्यो भन्दा पनि महङ्गो नियमित उडान दर कायम गरेको कुराले अनियमितताको आशंका बढेको छ । स्वत स्फर्त रुपमै सरकार अघि बढ्नु पर्नेमा विदेशमा अलपत्र रहेका नेपालीलाई उद्धारका लागि सर्वोच्चमा रिट दायर गर्नु पर्यो। सर्वोच्च अदालतको आदेशको महिनौ सम्म पनि पालना नहुनुले सरकारको गैर जिम्मेवारपन छर्लङ्गिएको छ । अब पनि सरकारको ध्यान गएन भने सरकार निकम्बा ठहरिने छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१