सुशीलको समस्या

सम्पादक
माघ २२, २०७०

१. सरकारमा कहिले पाइला नहालेका नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला पार्टीको संसदीय दलको नेता भएका छन्। संविधानसभामा सबभन्दा ठूलो दलको नेता निर्वाचित हुनु प्रधानमन्त्री हुनु हो। त्यस हिसाबले सबैले सुशीललाई भावी प्रधानमन्त्रीका रूपमा हेरेका छन्। उनले पनि त्यही अनुसार सरकार गठनका लागि प्रयास गरेका छन्।

२. संविधान निर्माणमा सहजता ल्याउन सर्वदलीय सरकारको आवश्यकता सबैले महसुस गरेको र भन्दै आएको कुरा हो। राष्ट्रपति डा. रामवरण यादवले संविधान अनुसार सर्वदलीय सरकार गठनका लागि आह्वान गरेका थिए। उनले तोकेको समयावधिमा सर्वदलीय सरकार गठन हुन सकेन र उनले अब बहुमतीय सरकारको लागि आह्वान गरेका छन्।

३.     राष्ट्रपति डा. यादवको आह्वान अनुसार अब नेपाली काङ्ग्रेस या भनौं सुशील कोइराला बहुमतीय सरकार गठनको प्रयासमा लागेका छन्। यो बहुमतीय सरकार गठन पनि उनको लागि त्यत्ति सहज छैन। उनको बाटोमा काँडैकाँडा छन्, काँडा बिछ्याएको बाटोबाट जान त्यत्ति सहज र सरल छैन।

४. बाहिरबाट हेर्दा अब उनलाई प्रधानमन्त्री हुनबाट रोक्ने कोही छैन जस्तो छ। तर भित्र उनको बाटो कष्टकरपूर्ण छ। यसअघि पनि एकपटक तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विकल्पमा उनको नाम आएको थियो। त्यसबेला नेपालका प्रमुख नेताहरूले उनको नाममा एक किसिमको मञ्जुरी दिएका थिए। तर कसैलाई त्यो स्वीकार्य भएन र उनी प्रधानमन्त्री हुनबाट वञ्चित भए।

५. त्यो स्थिति परिवर्तन भयो कि भएन, प्रष्ट भएको छैन। सुशीलले आफ्नो विचार फेरेको कुरा पनि बाहिर आएको छैन। तेस्रो शक्ति भएको एकीकृत माओवादी र चौथो शक्ति राप्रपा नेपाल प्रतिपक्षमा रहने घोषणा गरेका छन्। काङ्ग्रेसले एमालेको सहयोगबिना सरकार गठन गर्न सम्भव देखिँदैन। एमालेले राष्ट्रपतिको चुनावको कुरा ल्याएको छ।

६. राष्ट्रपतिको चुनाव मात्र होइन, त्यस पार्टीले काङ्ग्रेसलाई राष्ट्रपति र प्रधानमन्त्री पदमध्ये एक रोज्न भन्दैछ। एमालेको त्यो प्रस्ताव सुशीलको लागि फलामको चिउरा चपाउनुसरह भएको छ। फेरि एमाले मन्त्रिपरिषद्मा राम्रै भाग नपाएसम्म सरकारमा जाने सड्ढेत देखिँदैन। त्यसको बार्गेनिङ पावर बलियो हुँदैछ।

७. कुनै बेला सुशीललाई सरकारमा आउन आग्रह गरिएको थियो, तर उनी गएनन्। अहिले उनी प्रधानमन्त्री बन्न तम्सिएका छन्। तर स्थिति जटिल बन्दैछ। २/४ दिन पछि उनलाई यो पद निल्नु न ओकल्नुजस्तो पनि हुन सक्दछ। त्यस्तो अवस्थामा धैर्य लिनु र बुद्धिमत्तापूर्वक समस्या समाधान गर्नुपर्दछ। समस्याको भुमरीमा फसेका उनले राम्रो समाधान निकाल्नेछन् भनी अपेक्षा गरिएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width