सीमा अतिक्रमण रोक

सम्पादक
माघ २६, २०७०

१. केही समयदेखि भारतीय सीमा सुरक्षा फौज एसएसबीले नेपालको सीमामा बस्ने नेपालीहरूलाई दुःख दिँदै आएको समाचार बराम्बार आउने गरेको छ। अहिले पनि पसाजिल्लाको सीमावर्ती ठोरीमा भारतीय सीमा सुरक्ष फौजले दुर्इपटक धरपकड गरेको समाचार आएको छ। अहिले त्यसको ज्यादती चितवन र पसाजिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा बढी भएको छ।

२. भारतीय सीमा सुरक्षा टोलीले हालै माइती नेपालको चेकपोस्ट रोक्न नेपाल छिरेपछि त्यसबाट नेपालीहरूमा सन्त्रास छाएको छ। समाचार अनुसार बिहीबार तिनीहरूले त्यहाँ रहेको बस विसौनी नै हटाउन खोजेपछि त्यो ठूलो विवादको विषय भएको छ। स्थानीय नेपालीहरू त्यसको विरुद्धमा एक भएर स्थानीय प्रशासन गुहार्दैछन्।

३. सीमाका आतड्ढति नेपालीहरू प्रमुख जिल्ला अधिकारीकहाँ पुगेर हारगुहार गर्न थालेका छन्। उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई स्थलगत निरीक्षण गरी नेपाली सीमा देखाउन आग्रह गरेका छन्। नेपालको सीमाभित्र निर्माण गर्न लागिएको माइती नेपालको चेकपोस्ट बस बिसौनीमा भारतीयहरूले धरपकड गर्न आउनुको कुनै कारण छैन।

४. तर बारम्बार मिचाहापनको प्रदर्शन गर्दै आएका तिनीहरूले यहाँ पनि मिचाहापनको प्रदर्शन गरेका हुन्। तिनीहरूले बारम्बार मिचाहापनको प्रदर्शन गर्ने तर हाम्रो सरकारी निकाय मौन बस्दा तिनीहरूले सधैँ फाइदा उठाउने गरेका छन्। यो एक गम्भीर कुरा हो। त्यसमा नेपाली पक्षले सजग र सतर्क भएर घटनाको अवलोकन गरिरहनुपर्दछ।

५. स्थानीय प्रशासनले आफ्नो जिल्लाको क्षेत्रको सुरक्षा गर्नु प्रमुख कर्तव्य सम्झनुपर्दछ तर कमजोर प्रशासकले स्थिति हेरिरहेको, लेखापढी गरिरहेको आदि भनेर आलटाल गर्न सक्छन्। सीमा अतिक्रमणको सवालमा त्यसरी आलटाल गर्नु अपराध हो।त्यस्तो अपराध नेपाली पक्षबाट हँुदै आएको छ।

६. हिजोका गल्तीले नेपालीहरूले धेरै नोक्सानी व्यहोर्नुपरेको थियो भने आज हिजोका गल्लीबाट शिक्षा सिकेर राष्ट्रियता र राष्ट्रको लागि आफ्नो अडान देखाउनुपर्दछ। जसले केही देखाउँछ, त्यसको प्रशंसा हुन्छ।जसले बेवास्ता गर्दछ, त्यसको नराम्रो रिर्कर्ड रहन्छ। त्यसैले स्थानीय प्रशासन र अन्य सहयोगीहरूले आफ्नो पालामा यति सीमा अतिक्रमण भयो भन्ने मनमा राख्न नपरोस्।

७. जनताले धेरै प्रशासक र नापीका हाकिमले गर्दा यसो भनेको भनेर रिर्कर्ड राखेका छन्।त्यस्ता प्रशासकहरू जनताको नजरबाट गिरेका छन्।यो कुरा आजका पदाधिकारीहरूले सम्झनुपर्दछ। उनीहरूले चाहेमा तत्काल आफ्ना भारतीय समकक्षीसँग वार्ता गर्न सक्छन्। ज्यादतीबारे सिकायत गर्न सक्छन् र आयन्दा त्यस्तो नगर्न चेतावनी दिन सक्छन्। त्यत्तिले पनि नभए माथि लेखापढि गरी उचित कारबाहीका लागि अनुरोध गर्न सक्छन्। अहिलेसम्म स्थानीय जनताले अतिक्रमणको विरोधमा जे-जसरी कुरा उठाइरहेका छन्, त्यो प्रशंसनीय छ। राष्ट्रवादी जनताले गर्ने काम उनीहरूले गरिराखेका छन्।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width