सीमा अतिक्रमण रोक्नु पर्दछ

सम्पादक
माघ ४, २०७३

१. सरकार अन्यौलमा छ। सरकारले एकातिर संविधान संशोधनको प्रस्ताव संसदको बैठकमा टेबुल गरेको छ भने अकोर्तिर त्यसले स्थानीय निर्वाचनको कुरा गरेको छ। ती दुवै कुरामा सरकारअघि बढ्न सकेको छैन। सरकार र प्रतिपक्षी नराम्ररी विभाजित भएका छन्। सरकार ज्यादै कमजोर अवस्थामा पुगेको छ।

२. सरकार जब कमजोर हुन्छ, त्यस बेला स्वार्थी तत्वले आँखा लगाउने गर्दछन्। कहाँ-कहाँबाट के-कसले फाइदा फाइदा उठाउँदै छन्, ती सबैको विवेचना गर्न यसमा सम्भव छैन। केही दिनदेखि हाम्रो दक्षिणी सिमाना मिचिएका समाचार बराबार आइरहेका छन्। सीमानामा रहे, बसेका नेपालीले त्यसको बराबर सिकायत गर्ने गरेका छन्।

३. सीमा क्षेत्रमा बसोबास गर्नेहरूले दक्षिणी सिमानामा सीमा स्तम्भ हराउने, केही समयपछि नेपाली भूभागमा आएर ती स्तम्भ गाड्ने गरेका छन्। त्यसरी नेपाली भूभागमा आएर सीमा स्तम्भ राख्दा त्यहाँ धेरै नेपालीको घर, जग्गा भारततीर गएको उनीहरूले उल्लेख गरेका छन्। पूर्वदेखि पश्चिमसम्म यस्तै अवस्था छ र धेरै नेपाली भूभाग भारतमा पारिएको छ।

४. सीमा क्षेत्रमा हाम्रो प्रहरी प्रशासन छ। राजनीतिक पार्टीरूको जिल्ला, गाउँ र नगर समितिहरू छन्। ती सबै भएर पनि सीमा अतिक्रमण भएको कुरा कुनै पार्टीर पार्टीका शाखाले शिकायत गरेको सुनिएको छैन। एकातिर सर्वसाधारण नागरिकले त्यसरी शिकायत गर्ने अकोर्तिर हाम्रो सरकार र पार्टीहरू चुप बसिरहेको देख्दा सर्वसाधारणलाई त्यसको कस्तो प्रभाव पर्ला ? यो सोचनीय छ।

५. नेपाली राजनीतिमा राष्ट्र, राष्ट्रियता, स्वाधीनता, सार्वभौमिक र अखण्डताको कुरा खूब उठ्ने गर्दछ। त्यसरी कुरा उठाउनेहरूले आफूलाई अत्यन्त राष्ट्रवादी भन्ने गर्दछन्। तर त्यसरी आफूलाई राष्ट्रवादी भन्नेहरूले पनि सीमा अतिक्रमण भएको सम्बन्धमा त्यति चर्चा गरेको पाइदैन।

६. त्यस्तो राष्ट्रियताको कुरा गर्ने १/२  समूहले कहिले महाकालीतिर मार्चपास गरेका थिए। कोही नवलपरासीको सुस्तामा पनि पुगे। तर त्यस्तो कामले निरन्तरता पाएन। त्यस्तो कारवाही आवेशको भरमा गरिएको जस्तो देखियो। त्यसरी जानेहरूले कहाँ-कति सीमा स्तम्भ हराएका छन्, कति जमिन मिचिएको छ आदि लेखाजोखा गरेनन्।

७. राजनीतिमा कहिलेकाँही खेलवाड हुनसक्छ। तर राष्ट्रियताको सवालमा खेलवाड गरिनु हुँदैन, राष्ट्रियतामा सबै गम्भीर हुनुपर्दछ। सीमामा बस्नेहरूले अतिक्रमणको कुरा शिकायत गर्नासाथ सरकारले त्यहाँ आफ्ना मानिस पठाएर रेखदेख गर्ने र त्यसरी सीमा अतिक्रमण गरिएको रहेछ भने तुरुन्त शिकायत गर्ने गर्नुपर्दछ। त्यस्तोमा दलहरू, हाम्रो प्रहरी, प्रशासन सबै चनाखो हुनुपर्दछ। यस्तो विषयमा सम्झौता गरिनु हुँदैन। यस्तोमा सम्झौता घातक हुन्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width