सानो कुराको लागि ठूलो मूल्य

सम्पादक
असाेज ३, २०७०

१. उच्चस्तरीय राजनीतिक समिति र नेकपा-माओवादी नेतृत्व मोर्चाबीच कुरा नमिलेपछि यहाँ चिन्ता छाएको छ। ती दुवै पक्षले सहमति हुन नसकेकोमा एकले अकोर्लाई दोष दिन थालेका छन्। तर राष्ट्रपति डा. रामवरण यादवले ती दुर्इलाई अझै मिलाउने प्रयास गर्ने बताएका छन्।

२. नेकपा-माओवादी पार्टीको नेतृत्वको मोर्चाले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने र निर्वाचन सार्नुपर्नेलगायतका अडान राखेको छ। उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन ८/१० दिन सार्न सक्ने बताएको छ। त्यसले मोर्चाले भनेझैं चुनाव चैततिर लैजान नसकिने जवाफ दिएको छ।

३.     ती दुर्इ पक्षबीच मुख्यतया विश्वासको सड्ढट छ। तिनीहरू एकले अर्कोलाई विश्वास गर्न सकिरहेका छैनन्। बाहिरबाट हेर्दा तिनीहरूको अडान ठूलो होइन, अडानभित्रको नियत के हो, त्यो प्रष्ट भएन। उच्चस्तरीय राजनीतिक समितिका नेताहरू नेकपा-माओवादी निर्वाचनमा आउँछ भन्नेमा विश्वस्त छैनन्।

४. तिनीहरू अझै वार्ता गर्नु समय नष्ट गर्नु हो भन्ने पक्षमा छन्। निर्वाचनको मुखमा आएर वार्ताको लागि वार्ता गर्नु उचित नभएको उनीहरूको तर्क छ। उता अको पक्ष भने आफूलाई वातावरण अनुकूल नबनाएको गुनासो गर्दछ। उनीहरू यो सरकारको साटो दलीय सरकारमा जोड दिँदैछन्।

५. दलीय सरकार हुनु राम्रो हो। यो सबैले भन्ने कुरा हो। तर नेताहरूले यसलाई बाध्यताको सरकार भन्दैछन्। सामान्य किसिमले चुनाव भएमा मङ्सिरमा दलीय सरकार बन्न सक्दछ। तर यस्तै विवाद बढ्दै गएमा त्यसभन्दा लामो समय यही सरकार रहन सक्छ। चुनाव सम्पन्न गर्न गठित यो सरकारलाई छिटो अन्त गरिनु राम्रो हो।

६.     हामीले मुखले एउटा भन्छौं, काम अर्कै भइरहेको हुन्छ। कुनै पनि काम कुराको मूल्य हुन्छ। त्यो मूल्यलाई ख्याल गरिनुपर्दछ। हम्रो संविधान निर्माणको लागि ५ वर्ष पहिले चुनाव भयो। चुनाव गर्दा अबौर्ं खर्च गरियो। ६०१ सभासद्को तलब भत्तामा अर्बाै खर्च भयो। चार वर्ष समय नष्ट भयो। तैपनि संविधान बनेन।

७. फेरि पनि हामी चुनाव गर्दैछौं। ६०१ जना नै सेतो हात्ती पाल्दैछौं। संविधानको मूल्य कति पर्ला भन्न सक्ने अवस्था छैन। यो अर्बाै रकम विकास निर्माण र कलकारखाना खोल्नका लागि गरिएको भए कतिले रोजगार पाउँथे, कति उत्पादन बढ्थ्यो, त्यो कुराको कसैले ख्याल गरेका छैनन्। सा-सानो कुरामा अडान राख्ने बेला होइन। दुवै पक्षले लचिलो भएर सहमतिमा पुग्नुपर्दछ र चुनावमा सबै सहभागी बनी संविधान छिटो निर्माण गर्नुपर्दछ। यो आजको आवश्यकता हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width