संसदीय सुनवाइ समिति र न्याय परिषद्

सम्पादक
जेठ ९, २०७१

१. संसदीय सुनवाइ समितिले न्यापरिषद्द्वारा सवोर्च्चका न्यायाधीशका लागि गरिएको सिफारिसका सम्बन्धमा सुनवाइ कार्य प्रारम्भ गर्ने समाचारले धेरैलाई खुसी पारेको छ। यसअघि संसदीय समिति र न्यायापरिषद्बीच नराम्रो विवाद भएको थियो। जुन विवाद तातो केकका रूपमा सञ्चारमाध्यममा आएको थियो।

२. नेपालमा हल्ला के कसरी चर्कन्छ र त्यो पछि के कसरी सेलाएर जान्छ भन्ने एक उदाहरण प्रस्तुत विषयमा भएको छ। यस्तै विषयलाई भोगेर कवि भूपि शेरचनले यो देशलाई हल्लै हल्लाको देश भनेका हुन सक्छन्। उनले हल्लै हल्लाको देशका सम्बन्धमा एउटा रोचक एवं घोचक कविता लेखेका छन्।

३. न्याय परिषद्ले आठजना न्यायाधीश सिफारिस गर्न साथ ती न्यायाधीशहरूको चरित्र हत्या हुने जस्तै गरी सञ्चारमाध्यमहरूमा उनीहरूका विरुद्धमा निरन्तर अनेक विवरण सार्वजनिक भए। ती विवारणबाट कतिपय सभासद् पनि प्रभावित भए र सभासद्हरूले पनि ती न्यायाधीशहरूको सिफारिस गनै नहुने भनी न्याय परिषद्तिर औला तेस्र्याए।

४. त्यसबेला यस्तो देखिन्थ्यो कि न्याय परिषद्ले सिफारिस गरिएका ती न्यायाधीशहरू सडकको डम्पिङ साइटबाट खोजेर ल्याइएका हुन्। उनीहरू भ्रष्टाचारी हुन् र चरित्रहीन हुन्। सर्वसाधारणले यस्तै बुझ्न थालेका थिए। प्रचार माध्यमले मानिसलाई केकति प्रभाव पार्न सक्छ भन्ने कुरा यसपटक राम्ररी देखियो।

५. न्याय परिषद्ले सिफारिस गरिएका ती न्यायाधीशहरू पुनरावेदन अदालतमा कार्यरत न्यायाधीशहरू हुन्। बहालवाला न्यायाधीशको त्यसरी चरित्र हत्या हुने गरी प्रचार गर्नु हुन्छ, हुन्न, त्यो आफ्नो ठाउँमा छ। उनीहरू चरित्रहीन र भ्रष्टाचारी भएको भए किन कारबाही गरिएन र कारबाहीको लागि किन प्रयास गरिएन, यो महत्त्वपूर्ण प्रश्न हो।

६. उनीहरू पुनरावेदन अदालतमा रहेर काम गरिरहँदा सबै चुपचाप बस्ने तर प्रमोशनको सिफारिस हुनासाथ आकाश पाताल एक हुने गरी होहल्ला गरिएको छ। संसदीय सुनवाइ समिति पनि सुनुवाइ गर्नुभन्दा अर्कै काममा अर्थात न्याय परिषद्लाई औला ठड्याउने काममा लागेको पाइयो।

७. अब पार्टीहरूबीच भागबण्डा मिलेको समाचार आएको छ। त्यो समाचार आउनासाथ सुनवाइ समिति ठण्डा भएको छ। सुनुवाइ कार्यक्रम सुरु गर्ने तर्खर गरिएको छ। सुनवाइ के-कसरी हुन्छ। त्यो महत्त्वपूर्ण कुरा छ भने सुनवाइ समितिले आखिरमा के निर्णय गर्छ, त्यो झन महत्त्वपूर्ण कुरा छ। ४।६ दिनपछि त्यसको परिणाम आउने छ र हल्लामा पूर्णविराम लाग्नेछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width