संविधान बनाउने कुरा

सम्पादक
माघ २४, २०७०

१. संविधानसभाको निर्वाचन भएको डेढ महिना पूरा भएको छ। तर अहिलेसम्म सरकार बनाउन सकिएको छैन। सरकार गठन गर्न नै अझै कति समय लाग्ने हो, भन्ने सकिने अवस्था छैन। एक वर्षभित्रै संविधान बनाउने भनेर कराउने नेता र कार्यकर्ताहरूको स्वर सुक्न लागेको छ। तर संविधान बनाउने क्रममा एक कदम पनि अघि बढेको छैन।

२. संविधानसभाको बैठक अनावश्यक खेर गइरहेको छ। बैठक बसेर पनि त्यसले केही गर्न सकेको छैन। त्यसरी बसेको बैठकलाई संविधानसभाका सभासद्हरू आफैले र्ँकर्मकाण्डी’ भन्न थालेका छन्। संविधानसभाभित्रै पनि एक वर्षमा संविधान बन्दै न कि भन्ने आशड्ढा उत्पन्न भएको छ।

३.     राज्यले बनाउने प्रारम्भिक कुरा सरकार बनाउने हो। काङ्ग्रेसको नेतृत्वमा सरकार बनाउने कुरा भएको छ। संविधानसभामा सबभन्दा ठूलो दल भएकोले त्यस दलले सरकार बनाउने प्रयास गरिरहेको छ। सत्ताको भागवण्डाको संस्कृतिमा मौलाएको राजनीतिक दलहरूबीच सरकार बनाउन त्यत्ति सजिलो देखिँदैन। त्यसमा पनि राष्ट्रपति र उपराष्ट्रपतिको कुरा पनि आएको छ।

४. एमालेले राष्ट्रपति र प्रधानमन्त्रीमध्ये एउटा आफूले पाउनुपर्ने कुरा ल्याएको छ। साथै काङ्ग्रेसले प्रधानमन्त्री रोज्ने भएमा पनि गृह र अर्थ मन्त्रालयमा भाग पाउनुपर्ने त्यसको माग रहेको देखिएको छ। यो भागवण्डाको खेल छिट्टै सिद्धिने अवस्था छैन।उता प्रधानमन्त्रीको चुनावको तालिका प्रकाशित भइसकेको छ।

५. राजनीतिक वृत्तमा सुशील कोइरालाको अवस्था पनि पौडेलकै जस्तै हुने हो कि भन्ने आशड्ढा उत्पन्न भएको छ। त्यस्तो स्थिति आयो भने काङ्ग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी परित्याग गर्नुपर्ने अवस्था आउन सक्छ। त्यस्तो स्थिति आएमा प्रधानमन्त्री हुने अवस्था के.पी. ओलीको झोलीमा जान सक्छ।

६.     विधाताले के जोखना हेरेर बसिरहेका छन्, त्यो प्रष्ट छैन। तर संविधान छिट्टै बन्ने लक्षण छैन। संविधानसभामा हिजोकै जस्तै प्रश्न र स्थिति उत्पन्न भएको छ। विरोध गर्नेहरू धेरै भएका छन्। सकारात्मक सोच राखेर संविधान बनाउनुमा भन्दा बाधा अवरोध तेस्र्याएर अन्योल र अस्थिरता निम्त्याउनेहरू धेरै भएका हुन् कि जस्तो छ।

७. साना कार्यकर्तादेखि नेतासम्मले एक वर्षभित्र संविधान बनाउनुपर्ने कुरा दोहोर्‍याइरहेका छन्।तर संविधान बनाउने क्रम सुरु भएको पनि छैन। नेताहरू अझै भागबण्डाकै खेलमा रमाइरहेका छन्। यस्तै स्थिति रहिरहेमा अहिलेका काङ्ग्रेस र एमालेको अवस्था भोलि एकीकृत माओवादीकै अवस्थाजस्तो हुन सक्दछ। यसमा ती पार्टिसमयमै सजग र सतर्क हुनुपर्दछ र पदीय भागवण्डाको कुरा तुरुन्त टु·याएर सरकार निर्माण गर्नुपर्दछ र संविधान लेख्ने काम सुरु गर्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width