संविधान बनाउनेतिर लाग

सम्पादक
असार ३२, २०७१

१. आगामी माघ ८ गते संविधान घोषणा गर्ने राजनीतिक पार्टीहरूको प्रतिबद्धता हो।तर संविधानको विवादित कुराहरू जुन छन्, त्यसलाई मिलाउनेतिर नेताहरू लागेका छैनन्। संविधान बनाउनेतिर उनीहरू फेरि उदासीन हुन थालेको लक्षण देखिन थालेका छन्। उनीहरू सानातिना कुरामा नराम्ररी अल्झन थालेका छन्।

२. एकातिर स्थिति त्यस्तो छ भने अकोर्तिर पार्टीहरूभित्र विवाद बढ्दै गएको छ। उनीहरू आन्तरिक विवादमा बढी अल्झिने गरिरहेका छन्। उनीहरूको गतिविधि हेर्दा संविधान उनीहरूको प्राथमिक कार्य हो भन्ने भावना हराउँदै गएको आभास भएको छ। सत्तामा रहेका नेताहरूबाहेक अरुले माघ ८ गते संविधान आउँछ भन्नै छाडेका छन्।

३. सत्ता साझेदार पार्टीनेकपा एमालेलाई यसपटक चुनाव नराम्ररी लाग्यो। कडा प्रतिस्पर्धा भयो। चुनावमा व्यक्तिगत आरोप र लाञ्छना समेत लगाइयो। चुनाव त सम्पन्न भएको छ तर चुनावमा उत्पन्न मतभेद र आरोप प्रत्यारोपले भोलि केकस्तो रूप लिने हो, त्यो अहिले भन्न सकिने स्थिति छैन।

४. उता प्रमुख प्रतिपक्ष एकीकृत माओवादी पनि नराम्रो किचलोमा फसेको छ। वरिष्ठ नेता डा. बाबुराम भट्टराईले ‘नयाँ शक्ति’ को नारा अघि सारेर अध्यक्ष पुष्पकमल दाहालको निद हराम गरेका छन्। अध्यक्ष दाहालले उनलाई न कुनै पदमा राख्न सकेका छन् नकि बाहिर धकेल्न नै सकेका छन्।

५. अध्यक्ष दाहाल पार्टीभत्र मिलाउन सकिरहेका छैनन् भने बाहिर अरु पार्टीहरूसँग कार्यगत एकता गरिरहेका छन् र परिआएमा नेकपा-माओवादीसँग एकताबद्ध गर्ने प्रयासमा छन्। देशको राजनीति कहाँबाट कहाँ पुगेको छ, आँकलन गर्न मुस्िकल छ। तर हिजोभन्दा आज राम्रो अवस्थामा छ भन्ने स्थितिमा भने छैन।

६. ती सबै जटिलताले गर्दा संविधान लेखन कार्यमा भित्रभित्रै शिथिलता आएको छ। पार्टीभत्रको किचलोले गर्दा नेताहरूलाई संविधानको विवादित विषय मिलाउने फुर्सत छैन। हिजोको विवादित विषय नमिलेसम्म संविधान आउँछ भन्ने स्थिति रहँदैन। सानो मतभेदले पनि माघ ८ गते फुत्केर जाने सम्भावना छ।

७. स्थिति जटिल छ। तर नेताहरूले त्यसलाई गम्भीर किसिमले लिएका छैनन्। अहिलेको स्थितिमा पार्टीभत्रको मतभेद छिटो सुल्झाएर या थाती राखेर भए पनि संविधान लेखनमा लाग्नु आवश्यक छ। संविधान नबनेसम्म कोही पनि फुट्नुहुँदैन। सबै एक भएर संविधान घोषणा गर्नेतिर लाग्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width