१. कुनै बेला विश्वका उत्कृष्ट संविधानमध्ये मानिएको नेपाल अधिराज्यको संविधान २०४७ का निर्माता तथा भूतपूर्व प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको निधन भएको छ। आफ्नै घरको छतमा लडेर टाउकोमा चोट लागेपछि औषधोपचारको क्रममा उनको निधन भएको हो। उनी ८४ वर्षका थिए।
२. न्यायमूर्ति विश्वनाथ उपाध्यायलाई एक जना इमान्दार, निडर र निष्पक्ष न्यायाधीशका रूपमा चिनिन्छ। उनी न्याय निसाफ गर्दा एकदमै निश्पक्ष भएर निर्णय गर्दथे। उनका धेरै निर्णय न्याय सम्पादनको क्षेत्रमा आज पनि सम्झने गर्दछन्। पञ्चायतकालमा उनले गरेका फैसलालाई वरिष्ठ अधिवक्ताहरूले आज पनि उदृत गरी प्रशंसा गर्ने गर्दछन्।
३. उनले धेरै ऐन नियमको तर्जुमा गरेका थिए। मुलुकी ऐनको मस्यौदा पनि उनले नै तैयार गरेका थिए। यस्ता धेरै काम उनले गरेका थिए। तीमध्ये २०४७ सालको संविधान सबभन्दा महत्त्वपूर्ण मानिएको छ। २०४७ सालको संविधान निर्माण गर्न उनकै अध्यक्षतामा मस्यौदा समिति गठन गरिएको थियो।
४. छन त त्यो समितिमा पार्टीरूका प्रतिनिधिहरू पनि थिए। दरबारकै प्रतिनिधि पनि सामेल थिए। तर उनले जे जस्तो किसिमले दरबार र पार्टीरूलाई चित्त बुझ्दो गरी संविधानको ड्राफ्ट तैयार गरे, त्यो उल्लेखनीय थियो। त्यो ड्राफ्ट तैयार गर्नमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको भूमिका पनि स्मरणीय छ। त्यसबेला उनीहरू दुर्इ जनाको ‘केमेष्ट्री’ मिलेकोले संविधान आएको चर्चा गरिन्थ्यो।
५. उनले टनकपुर काण्डमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको विरुद्धमा फैसला गरेका थिए भने पछि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद् भ· गरेको घोषणालाई पनि उल्ट्याइदिएका थिए। त्यसबेला सत्तारूढ पार्टीरूले उनको विरोध पनि गरेका थिए। एमालेले त त्यसको विरोधमा सडक नै तताएको थियो।
६. तर उनले कहिले फर्केर हेरेनन्। उनी विवेकसम्मत काम कुरा गर्दथे। उनी कसैको दबाब र प्रभावमा पर्दैनथे। उनले प्रेस स्वतन्त्रताको पक्षमा गरेको फैसला पनि कालजयी छन्। उनी वास्तवमै राष्ट्र र प्रजातन्त्रको पक्षमा समर्पित थिए। न्यायालयलाई स्वतन्त्र बनाउन र स्तरीय बनाउन पनि उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।
७. आज चार वर्ष बिताएर पनि संविधान बनाउन नसकिएको बेलामा सबैले उनलाई सम्झने गरेका छन्। जुन बेला उनलाई मानिसहरूले उनलाई सम्झनैपर्ने अवस्था आयो, त्यही बेला उनको देहावसान भएको छ। यो सबैभन्दा खड्कने विषय भएको छ। संविधान र कानुनको क्षेत्रमा उनी असाधारण विज्ञ मानिन्थे। त्यस्तो विज्ञलाई गुमाउनु ठूलो क्षति व्यहोर्नु हो। हामी दिवंगत उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गर्दछौं।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१