संविधान निर्माण गर्ने मार्गचित्र

सम्पादक
चैत्र २३, २०७०

१. संविधानसभाको गत शुक्रबार बसेको बैठकले आगामी माघ ८ गते संविधान जारी गर्ने निर्णय गरेको छ। सभाको बैठकले वैशाख १५ गतेसम्म पाँच समितिका सभापति चयन गरिसक्ने, असोज मसान्तसम्म पहिलो मस्यौदा तयार गर्ने, कात्तिक मसान्तभित्र जनताको राय बुझ्ने, मङ्सिर मसान्तभित्र सुनुवाइ गर्ने र पुस मसान्तभित्र संविधानको प्रस्तावनासहित सबै धारा पारित गरी माघ ८ गते संविधान घोषणा गर्ने कार्यतालिका पारित गरेको छ।

२. माघ ८ गते संविधानसभाको पहिलो बैठक बसेकाले त्यसकै हिसाबबाट आगामी माघ ८ गते संविधान घोषणा गर्ने मार्गचित्र तैयार गरिएको बुझिएको छ। संविधानसभाले ढिलै भए पनि संविधान बनाउने जुन संकल्प र निर्णय गर्‍यो, त्यो खुसीको कुरा हो। तर खुसी जाहेर गर्दागर्दै पनि एउटा प्रश्न के अघि सर्छ भने के त्यो तालिकाअनुसार काम होला –

३. संविधानसभाले विगतमा पनि कार्यतालिका बनाएको थियो। त्यो कार्यतालिका अनुसार काम गर्ने अठोट गरेको थियो। त्यसरी कार्यतालिका अनुसार अघि बढ्ने हो भने संविधान निश्चय नै बन्छ भन्ने एउटा विश्वास जनतामा पलाएको थियो। तर पछि जति समय बित्दै गयो, उति त्यो विश्वास सेलाउँदै गयो।

४. अहिले त्यस्तो नहोस् भन्ने सबैको कामना छ। तर कहिलेकाहीँ कामनाले मात्र काम नबन्ने रहेछ। काम बन्नलाई कार्यतालिका अनुसार व्यवहार हुनुपर्ने पनि रहेछ। हामीकहाँ कागजी रूपमा योजना कार्यक्रम बनाउन तत्पर हुने तर त्यसलाई व्यवहारमा परिणत गर्न नचाहने, नसक्ने रोग लागेको छ।

५. विगतको कार्यतालिका १२ पटक संशोधन गरिएको थियो। त्यस्तै संशोधन प्रस्तुत कार्यतालिका पनि हुँदैन भन्ने के ग्यारेन्टी – नेताहरूले सानो कुनै कारण हुनासाथ संविधानसभाको बैठक अवरोध गर्ने गर्दछन्। २।४ पटक त्यस्तो अवरोध गर्नासाथ तालिका अनुसार काम हुँदैन, यो सर्वविदित कुरा हो।

६. फेरि संविधान बनाउने कामलाई नेताहरूले अझै पनि भित्रैदेखि महत्त्व दिएको देखिँदैन। संविधान बनाउने मार्गचित्र प्रस्तुत गर्ने बैठकमा नै शीर्ष नेताहरूको उपस्थिति थिएन। कतिपय वक्ताहरू आफैले त्यो कुरा निकाले भने सभाध्यक्ष सुवास नेम्वाङ आफैले पनि त्यसमा टिप्पणी गरे।

७. आगामी माघ ८ गते संविधान जारी गर्ने प्रस्ताव राम्रो छ। तर माघ ८ गते संविधान जारी गर्न संविधानसभाले कार्यतालिका अनुसार काम गर्नुपर्दछ। समितिका सभापति चयन गर्ने बेलामा आइसकेको छ तर २६ जना मनोनीत गर्ने काम अझै भएको छैन। अर्थात भनौं संविधानले पूर्णता नै पाएको छैन। शीर्ष नेताहरूले संविधान बनाउने कामलाई गम्भीरतापूर्वक लिनुपर्दछ। अरु कुनै काम र कारणले त्यसलाई बाधा अवरोध दिनुहुँदैन। एकलव्य भएर त्यसैमा लागिरहनुपर्दछ। निरन्तर लागिरहनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width