शहीद दिवस

सम्पादक
माघ १६, २०७०

१. शहीद सप्ताहको आखिरी दिन आज शहीद दिवस हो। १९९७ सालको यही साता अमर शहीदहरू-शहीद शिरोमणि शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल, श्रेष्ठ र दशरथ चन्दलाई राणा सरकारले फाँसी दिएको थियो। त्यही बेलादेखि देशमा राजनीति गतिविधि चर्केको थियो र २००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो।

२. त्यसअघि देशमा राणाहरूको पारिवारिक शासन थियो। देशमा प्रजातन्त्र थिएन। लेख्ने बोल्ने स्वतन्त्रता थिएन। देशको शासन व्यवस्था राणा प्रधानमन्त्रीको हुकुममा चल्दथ्यो। नागरिकहरू रैती थिए र शासकहरूले जे भन्यो त्यही गर्नु रैतीको कर्तव्य हुन्थ्यो। त्यही सहन नसकेर टंकप्रसाद आचार्यलगायत ती शहीदहरूले राणाको विरुद्ध आवाज बुलन्द गरेका थिए।

३.     टंकप्रसाद आचार्य, रामहरि शर्मालगायतलाई जिउँदा शहीद भनेर भन्ने गरिन्थ्यो। शहीदको सपना भनेको प्रजातन्त्रको स्थापना हो। २००७ सालमा नेपाली काङ्ग्रेसको नेतृत्वमा क्रान्ति भयो र २००७ साल फागुन ०७ गते प्रजातन्त्रको स्थापना भयो। प्रजातन्त्रको स्थापनापछि देशले आधुनिक युगमा पदार्पण गरेको हो।

४. प्रजातन्त्र जनताको बलिदानबाट ल्याइएको हो तापनि देशमा प्रजातन्त्रले स्थायित्व कायम गर्न सकेको छैन। प्रजातन्त्रको जग भत्काउन धेरै शक्ति लागेका छन्। अधिनायकवादी चरित्रकाहरूले बाहिर प्रजातन्त्रको नाम त लिन्छन् तर भित्र उनीहरू प्रजातन्त्रको जग भत्काउनेतिर लाग्छन्। जसको परिणाम आजतक प्रजातन्त्र फस्टाउन, फुल्न र फल्न सकेको छैन।

५. प्रजातन्त्रको लागि जनताले धेरै रगत बगाएका छन्। पटक-पटक आन्दोलन भए। मानिसहरू मारिए। प्रत्येक आन्दोलनले शहीदको सङ्ख्या बढाउँदै छ। शहीद कति छन् भनेर भन्न सकिने स्थिति छैन। उता राजनीतिक पार्टीहरूले जस्तालाई पनि शहीद घोषणा गर्ने गरेकाले एकातिर शहीदको अवमूल्यन भएको जस्तो भएको छ भने अर्काेतिर विवादास्पद।

६.     हामीले वास्तविक शहीदलाई विवादमा तान्नु हुँदैन। उनीहरूको अवमूल्यन पनि गर्नु हुँदैन। राष्ट्रका लागि र प्रजातन्त्रका लागि हाँसी-हाँसी मर्नेहरूको आफ्नै महत्त्व छ। तर राष्ट्रले त्यो महत्त्व बुझ्न सकेको छैन। शहीद सप्ताह र शहीद दिवस मान्नु काठमाडौं महानगरको मात्र दायित्व हो कि जस्तो भएको छ।

७. शहीद सप्ताहअन्तर्गत शहीदहरूलाई माल्यार्पण गर्ने कार्यमा राजनीतिक पार्टीा नेताहरू यसपाली पनि गएको देखिएनन्। यो ज्यादै चित्त दुख्ने कुरा हो। उनीहरू भाषण गर्ने बेलामा शहीदको महत्त्वको विषयमा बोल्छन्। तर २/४ किलोमिटर गएर शहीदको प्रतिमामा श्रद्धाञ्जली अर्पण गर्दैनन्। अर्का दुःखको कुरा यो छ कि शहीदहरू काठमाडौं महानगरपालिकाका पेवा होइनन्। काठमाडौंले मानेर मात्र पुग्दैन। देशव्यापीरूपमा शहदि दिवस मान्नुपर्दछ र मान्य गर्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width