विश्वकप फुटबलको २० औँ संस्करण

सम्पादक
जेठ २९, २०७१

१. विश्वका सम्पूर्ण खेलप्रेमीको ध्यान आज ब्राजिलतिर गएको छ। ब्राजिलमा आज खेल क्षेत्रको सर्वाधिक महत्त्वपूर्ण प्रतियोगिता विश्वकम फुटबलको प्रारम्भ हुन गइरहेको छ। ब्राजिलले आज राति साउलो पाउलो र·शालामा क्रोएसियासँग पहिलो खेल खेल्दैछ। त्यो खेलका साथ विश्वकम फुटबलको २० औँ संस्करणको प्रारम्भ हुनेछ।

२. विगतहरूमा भन्दा यस पटकको यो २० औँ संस्करण विश्व महत्त्वको रहेछ। यो संस्करण त्यो देशमा हुन गइरहेको छ, जसले सर्वाधिक विश्वकप जितेको छ। ब्राजिलले विश्वकप प्रतियोगितामा पाँचपटक जितेर रेर्कर्ड राखेको छ। त्यस्तो देशमा विश्वकप सञ्चालन गरिनु आफै महत्त्वपूर्ण कुरा हो।

३. ब्राजिलमा विश्वभरका खेलप्रेमीहरू पुग्दैछन्। खेलप्रेमीहरूको त्यो कुम्भ मेला भएको छ। आयोजकले बताए अनुसार आयोजक राष्ट्रसहित ३२ राष्ट्रबीच हुने प्रतियोगिताको लागि त्यहाँ विशेष प्रबन्ध गरिएको छ। प्रतियोगिता ब्राजिलको १२ वटा सहरको १२ वटै र·शालामा सञ्चालन हुँदैछ र ती प्रतियोगिता ३३ लाख बढी दर्शकले प्रत्यक्ष र·शालामा बसेर हेर्न पाउनेछन्।

४. प्रतियोगिता विश्वभरका टेलिभिजनको माध्मबाट चार अर्बले प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ कतिपय सिनेमा हलहरूले ठूलो पर्दामा प्रत्यक्ष प्रसारणको व्यवस्था गरेका छन्। चोक चोकमा पनि पर्दा हालेर साथीहरूका साथ हेर्ने तैयारी गरिरहेका छन्।

५. खेलकुदमा सर्वाधिक लोकप्रिय खेल फुटबल हो भने फुटबलको सबभन्दा ठूलो प्रतियोगिता यो विश्वकप हो। त्यसैले यो सर्वाधिक चर्चित र लोकप्रिय खेल हो। यो खेल राष्ट्र-राष्ट्रकाबीच प्रतिस्पर्धा हुने भएकोले यसमा राष्ट्रको स्वाभिमान पनि गाँसिएको हुन्छ। यस्तो महत्त्वपूर्ण प्रतियोगितामा एशियाबाट जापान, दक्षिण कोरिया र इरान मात्र छनौट भएका छन्।

६. विश्वकप फुटबल प्रतियोगिता यत्ति चर्चित र लोकप्रिय हुन्छ कि खेलप्रेमीहरू प्रतियोगिताका सहभागी टीमको जस्तै जर्सीलगाएर त्यो टीमप्रति आफ्नो समर्थन जनाउने गर्दछन्। ठूल्ठूला सहरहरूमा टीम विशेषको जर्सीदेखिन थालेको छ। नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ।

७. चार वर्षको एकपटक विभिन्न राष्ट्रले आयोजना गर्ने गरिएको यो प्रतियोगिता आयोजना गर्नु पनि एक प्रतिष्ठाको विषय हो। ब्राजिलले यस पटक त्यो अवसर पाएको छ भने यसपछिको २१ औँ संस्करण रुसमा र २२ औँ संस्करण खाडी मुलुक कतारमा हुने भएको छ। ती राष्ट्रले त्यसको लागि आफ्नो तैयारी सुरु गरेका छन्। ब्राजिलले आफ्नो अन्य तैयारीका साथ सुरक्षा व्यवस्था पनि कडा पारेर कुनै अप्रिय घटना हुन नदिने प्रयास गरेको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width