विदेश भ्रमणको मोह त्याग

सम्पादक
चैत्र ११, २०७१

१. संविधानसभाध्यक्ष सुवास नेम्वाङले यस्तो अवस्थामा नेताहरूलाई देश छाडेर नजान जति भने पनि नेताहरू कहिँ कतैबाट निम्तो पाउना साथ विदेश भ्रमणमा जाने गर्दछन्। त्यही क्रममा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल चारदिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन्।

२. केही साताअघि मात्र एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई भारत भ्रमणमा गएका थिए। ती दुवै नेताको भ्रमण संविधान निर्माणसँग सम्बन्धित भएका निकटवर्ती सूत्रहरूले बताउने गरेका छन्। डा. भट्टराईको भ्रमण बढी विवादास्पद पनि भएको थियो। उनले अन्य नेताहरूको आलोचना गरी संविधान निर्माणमा भारतसँग गुहार मागेकोलाई धेरैले मन पराएका थिएनन्।

३. एमाओवादीले जातीय पहिचानसहितको सङ्घीयताको जुन नीति अख्तियार गरेको छ, त्यो चिनियाँ विचारसँग मिल्दैन। सङ्घीयताको सङ्ख्या र विभाजन पनि ती दुर्इ पक्षको फरक छ। चीन नेपालको पहाडमा धेरै प्रदेश गर्न खोजेको तथा मधेसमा थोरै गर्न खोजेकोलाई पनि राम्रो मानेको छैन।

४. भरखरै पत्रपत्रिकामा एमाओवादी अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई जातीय सङ्घीयताबारे पत्र लेखेको समाचार आएको छ। उनले चिनियाँ नेताहरूलाई एमाओवादीको सङ्घीयता बारेको अवधारणा प्रष्ट पार्ने बताएका छन्। चिनियाँ नेताहरूसँगको उनको वार्ता के कस्तो हुनेछ, त्यसले नेपालमा संविधान निर्माणको कुरामा प्रभाव पार्नेछ।

५. नेपालका प्रदेशहरूको नामाकरण र त्यसको भौगोलिक सिमाङ्कनका विषयमा भारत, चीन र युरोपेली देशहरूको आ-आफ्नै विचार र अवधारणा छन्। जुन एक अर्कासँग मेल खाँदैनन्। त्यही मेल नखाएकै कारणले पनि हाम्रो संविधान बन्न नसकेको भनी अड्कल गर्नेहरूको सङ्ख्या पनि धेरै छ।

६. हाम्रो संविधान कुन देशले कस्तो होस् र हुनुपर्दछ भनी चाहन्छन् भन्ने कुरा यतिञ्जेल सम्बन्धित सबैलाई प्रष्ट भएको छ। तिनिहरूले आफ्नै किसिमले सोच्नु एउटा कुरा हो भने नेपालको लागि हामीले कस्तो संविधान बनाउने त्यो हाम्रो कुरा हो। लामो समयको अन्तरिम कालले गर्दा हामीमध्ये धेरैको मनस्थिति केही कमजोर भएको हुन सक्दछ, त्यसो भए तापनि निर्णय गर्दा नेपाली भएरै निर्णय गर्नुपर्दछ। यो मूल मन्त्र नेताहरूले स्मरण गरिराख्नुपर्दछ।

७. संविधान बनाउन नसकिएको कारण हाम्रो धेरै नोक्सान भएको छ। हामीलाई विदेशीहरूले हेर्ने दृष्टिकोणमा नै फरक आउने हो कि भन्ने पनि भएको छ। यत्ति धेरै समय बिताएर पनि एउटा संविधान दिन नसक्नु कदापि राम्रो होइन। अब शीर्ष नेताहरू देश छाडेर विदेशतिर जानुहुँदैन। विदेशीले पनि संविधान बनाउने हाम्रो अमूल्य समयलाई नष्ट गरेर बोलाउनु उचित होइन। संविधान नबनेसम्म शीर्ष नेताहरूले पनि विदेश भ्रमणको मोह त्याग्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै