वागमती सफाइको सय हप्ता

सम्पादक
चैत्र २७, २०७१

१. काठमाडौंका सामाजिक सङ्घसंस्थाका पदाधिकारी तथा सदस्यहरू स्कुल र क्याम्पसका विद्यार्थी र शिक्षकदेखि लिएर अधिकांश मानिस अहिले महत्त्वपूर्ण एउटा विषयमा चर्चा गरिरहेका छन्। त्यो महत्त्वपूर्ण विषय हो- बागमती सफाइको सय हप्ता। चैत २८ गते वागमती सफाइको सय हप्ता पुग्दैछ। त्यस उपलक्ष्यमा त्यस दिन मानव साङ्लो बनाएर सफाइ गर्ने कार्यक्रम छ।

२. सय हप्ता पहिले वागमतीको पानी फोहोर थियो। अस्वस्थकर, घिनलाग्दो थियो। मानिसहरू त्यहाँ नुहाउने र मुख धुने त के हात खुट्टा सफा गर्न समेत चाहँदैनथे। कतिपयले त आÇनो लाश वागमतीमा नलैजान समेत भनेका थिए। त्यसरी वागमती अत्यन्त फोहोर र दुर्गन्धित भएको थियो।

३. वागमती सफाइ अभियानका अग्रज दिवंगत हुतराम वैद्य भने त्यो काम सरकारी निकायबाट हुँदैन, विदेशी ढाँचा र विदेशी पैसाले पनि हुँदैन भन्दै सामाजिक भावना लिएर स्वयंसेवक भएर नदीमा हेलिन नहिचकाउनेहरूले मात्र त्यो काम गर्न सक्छ भन्दथे। उनकै निर्देशन अनुसार सय हप्ता पहिले वागमती सफाइ अभियान सञ्चालन गरिएको थियो।

४. स्वयम् स्फूरूपमा सामाजिक अभियन्ताहरूले सुरु गरेको अभियान यति आकर्षक भयो कि त्यसमा फिल्मी हस्तीहरू, सरकारी कर्मचारीहरू र विभिन्न पेशा र व्यवसायमा लागेकाहरू पनि सम्मिलित हुन थाले। अहिले वागमती सफा गर्नु एउटा उत्साहको काम भएको छ।फेशन भएको छ। त्यहाँ काम गर्नका लागि नाम लेखाउनेहरूको फेहरिस्त झन्-झन् लामो हुँदै गएको छ।

५. गरेपछि हुँदो रहेछ भन्ने कुरा वागमतीमा देखिएको छ। त्यहाँ सुधार भएको प्रष्ट देखिएको छ। त्यहाँबाट प्लाष्टिक र फोहोर झिकिएका छन्। जमेको पानी बग्न थालेको छ। फोहोर गन्ध कम भएको छ। आफूले गरेको काममा प्रगति भएपछि उत्साह उत्पन्न हुने रहेछ। उत्साहको राम्रो वातावरण बनेको छ। धेरै भन्दा धेरैलाई सहभागी बनाउने उद्देश्यले भोलि शनिबार मानव साङ्लो बनाएर सफा गर्ने उद्देश्य राखिएको छ। त्यस कार्यक्रममा ७० हजारदेखि एक लाखसम्म सहभागी हुने अपेक्षा गरिएको छ।

६. नेपालको यो एक यस्तो कार्यक्रम हो जसमा कसैको चन्दा र आर्थिक सहयोग लिने गरिएको छैन। दिन चाहनेहरूले फोहोर फाल्नलाई चाहिने हातमा लगाउने पञ्जा, गमबुट र यस्तै सामान मात्र दिन सक्छन्। यसको स्थायी कार्यालय छैन र कर्मचारी पनि छैन। डलर र सरकारी सहयोगबिना केही गर्न सकिँदैन भन्नेहरूका लागि यो एक उदाहरण हो।

७. वागमतीमा मात्र सुधार देखिएको होइन, त्यसमा मिसिने २४ सहायक नदी र खोलामा पनि त्यसको प्रभाव परेको छ। फोहोर ढल नदीमा मिसाउनु हुन्न भन्ने भावना फैलिएको छ। सर-सफाइको अभियन्ताहरूले ३०० हप्तामा वागमतीको पानी पूर्ण सफा हुने भविश्यवाणी गरेका छन्। अहिलेको प्रगति हेर्दा त्यो सम्भव हुने देखिन्छ। बरु यो काम बाहिर जिल्लाका मानिसहरूलाई पनि देखाउनु आवश्यक छ। सहर बजारका अधिकांश नदीनाला फोहोर छन्, प्रदुषित भएका छन्। ती नदी नाला सफा गर्न पनि वागमती सफाइ कार्यक्रमले प्रेरित गर्न सक्छ। त्यसकारण यसको धेरैभन्दा धेरै प्रचार गरिनु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width