लोक साहित्यका अन्वेषक पराजुली रहेनन्

सम्पादक
चैत्र २४, २०७०

१. नेपाली साहित्यका लेखक तथा अन्वेषक कृष्णप्रसाद पराजुलीको ७८ वर्षको उमेरमा निधन भयो। उनी लामो समयदेखि मधुमेह र मृगौलासम्बन्धी रोगबाट पीडित थिए। उनी निमोनिया र स्वास प्रस्वाससम्बन्धी रोगबाट च्याँपेपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो। उनको त्यहाँ उपचार गर्दार्गर्दै बिहीबार निधन भयो।

२. दिवंगत पराजुली अत्यन्त अध्ययनशील थिए। उनले नेपाली साहित्यको कुन विधामा कलम चलाउने भनी खूब सोच्दथे। उनले बाल साहित्यको अभाव देखेपछि २०२२ सालमा रमाइलो नानी बालकविता लेखे। उनले कथा, कविता, गीत गरी करिब चार दर्जन जति कृति प्रकाशित छन्।

३. उनको राम्रो रचना मीठो नेपाली बाल साहित्य अत्याधिक लोकप्रिय रह्यो। उनको कृति तीसौ संस्करणसम्म प्रकाशित भएर एउटा रेर्कर्ड राखेका थियो। उनको लोक गीतका आलोक, हिमाली डाँफे, शिखर यात्रा पनि उत्तिकै चर्चित कृतिहरू हुन्। उनले ती कृति लेख्नको लागि आफ्नो ज्ञानको भण्डार फराकिलो बनाउन पूर्व, पश्चिम पहाड र तराईको क्षेत्र चाहारेका थिए।

४. उनका कृतिहरू यत्ति महत्त्वका छन् कि ती कृतिहरू त्रिभुवन विश्वविद्यालय, पश्चिम बंगाल र बनारस हिन्दू विश्वविद्यालयलगायत धेरै शिक्षण संस्थाले आफ्नो पाठ्यक्रममा समावेश गरेका छन्। उनका कृतिहरू साना नानीदेखि बयोवृद्धहरूले पनि अत्याधिक रुचिका साथ पढ्ने गर्दथे।

५. उनी साहित्यकार मात्र होइनन्, उनी गुरु पनि हुन्।उनले त्रिभुव विश्वविद्यालयमा पनि पढाए। उनी पढाउनमा पनि उत्तिकै सिपालु थिए। उनमा विद्यार्थीहरूलाई बुझाउने सक्ने अद्भूत खुबी थियो। उनका त्यही असाधारण क्षमताको पहिचान गरी विश्वविद्यालयका नीति निर्माताहरूले उनलाई प्राध्यापन गर्न निम्त्याएका थिए।

६. उनी राम्रो गीतकार पनि थिए। उनका गीत प्रसिद्ध गीतकार उदितनारायण झाले पनि गाएका छन्। उनी चौतर्फी प्रतिभाका धनी थिए। त्यसैबेला उनले हिमाली डाँफे कृतिबाट उत्कृष्ट बाल साहित्य पुरस्कार पाएका थिए भने सुनौला तीन कुरा एशियाली उत्कृष्ट बाल कथामा छानिएको थियो।

७.उनको योगदानको कदर गरेर उनलाई छिन्नलता गीत पुरस्कार, साझा पुरस्कार, जगदम्बा पुरस्कार लगायतका पुरस्कार प्रदान गरिएको थियो। नेपाली भाषा र साहित्यको उन्नयनमा उनले आफ्नो सम्पूर्ण जीवन अर्पण गरे। खास गरेर बाल साहित्यमा उनको योगदान अविस्मरणीय छ। उनको निधनले यस क्षेत्रमा अपूरणीय क्षति भएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width