लुम्बिनीमा स्वतन्त्र पत्रकार सङ्घको केन्द्रीय साधारणसभा

सम्पादक
चैत्र २१, २०७०

१. स्वतन्त्र पत्रकार सङ्घको केन्द्रीय साधारणसभा शनिबार भगवान बुद्धको जन्मस्थल पवित्र लुम्बिनीमा आयोजना गर्ने कार्यक्रम छ। भगवान बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सत्य तथ्यलाई विश्वव्यापी रूपमा सन्देश प्रवाहित गर्ने उद्देश्यले आयोजित केन्द्रीय सभाको आफ्नै महत्त्व र महिमा छ।

२. निर्धारित कार्यक्रम अनुसार केन्द्रीय साधारणसभाको उद्घाटन एक विशेष समारोहबीच लम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा साङ्बो शेर्पाबाट हुने भएको छ। पत्रकार सङ्घको केन्द्रीय सभाको उद्घाटन एक धार्मिक व्यक्तिबाट हुनु त्यसै पनि महत्त्वपूर्ण कुरा हो। त्यो महत्त्वपूर्ण काम स्वतन्त्र पत्रकार सङ्घ नेपालले गरेको छ।

३. स्वतन्त्र पत्रकार सङ्घ नेपाल तीन वर्ष पहिले मात्र स्थापना भएको हो, तापनि यसको गण्डकी, लुम्बिनी र नारायणी अञ्चलका नौ जिल्लामा शाखा विस्तार भएका छन् भने सङ्घमा तीन सयभन्दा बढी पत्रकार आवद्ध रहेका छन्। नेपाल पत्रकार महासङ्घको भरखरै सम्पन्न जिल्ला शाखाहरूको चुनावमा यसले आफ्नो चिनारी र प्रभाव पनि प्रष्ट देखाएको छ।

४. ‘पत्रकारले प्रत्यक्ष कुनै पनि बेला आफ्नो दलगत राजनीतिक आस्था प्रकट गर्नुहुँदैन’ भन्ने महान आदर्शबाट उत्प्रेरित भई स्वतन्त्र पत्रकार सङ्घको स्थापना भएको हो। यो सङ्घ एक आन्दोलको परिणामको रूपमा सुरु भएकोले यसले पत्रकारिताको क्षेत्रमा ऐतिहासिक भूमिकाको निर्वाह गर्नुपर्ने चुनौती यसको सामु छ।

५. एकजना पत्रकार स्वतन्त्र हुनुपर्दछ र निश्पक्षताको भूमिका निर्वाह गर्नुपर्दछ। यो सबैले भन्ने कुरा हो र सबैले अपेक्षा गर्ने कुरा पनि हो। तर जबसम्म पत्रकार स्वतन्त्र हुँदैन तबसम्म उसले निश्पक्षताको भूमिका खेल्न सक्दैन।स्वतन्त्रता, निर्भिकता एकजना पत्रकारको अपरिहार्य गुण मानिन्छ।

६. स्वतन्त्र पत्रकारिता भन्न जति सजिलो छ, गर्न उत्ति नै गाह्रो छ। तर यो गर्न जति गाह्रो छ उति नै आवश्यक पनि छ। त्यस दृष्टिले स्वतन्त्र पत्रकार सङ्घले एउटा राष्ट्रिय आवश्यकताको पूर्र्ति गर्न साहसका साथ अघि बढेको छ। शाखाको चुनावमा यसले आफ्नो एउटा परीक्षा उत्तीर्ण गरेको छ। त्यसमा उत्तीर्ण भएकाहरू सबैलाई हामी हार्दिक बधाई ज्ञापन गरी शुभकामना दिन चाहन्छौं।

७. लुम्बिनीमा भोलि आयोजना हुन गइरहेको केन्द्रीय सभाको ठूलो महत्त्व छ। एक त यो भेला शाखाको चुनावपछिको भेटघाट हो। यसमा अहिलेसम्मको गतिविधिको मूल्याड्ढन गरी आगामी दिनको लागि रणनीति निर्धारण गर्ने छ भने अर्को भगवान बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सत्य तथ्यलाई के-कसरी फैलाउने त्यस बारेमा पनि चिन्तन मनन हुने छ। भगवान बुद्ध एक नेपाली हुन्। उनी नेपालका राष्ट्रिय विभूति हुन्। आफ्नो राष्ट्रिय विभूतिद्वारा प्रतिपादित धर्म दर्शन नेपाल र नेपालीको आफ्नै धर्म दर्शन हो भन्ने कुरालाई मनन गरी त्यसको प्रचार-प्रसार गर्नु हाम्रो साझा कर्तव्य हो भनी सोच्नु सान्दर्भिक हुनेछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width