रेग्मीको राष्ट्र सङ्घको यात्रा

सम्पादक
भाद्र २७, २०७०

१. अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी चुनावको संवेदनशील समयमा संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन जान लागेको कुरा विवादित बनेको छ। देशको यस्तो संवेदनशील बेलामा देश छोडेर बाहिर नजान उनलाई धेरैले दबाब दिँदैछन्। तर उनी भने गएरै छोड्ने मनस्थितिमा पुगेका छन्।

२. राष्ट्र सङ्घको महासभा देशको प्रतिनिधित्व गरी जाने प्रतिनिधि मण्डलको नेतृत्व गर्नु निश्चय नै एउटा इतिहास हो। अवसर हो। यस्तो इतिहास कसले रच्न चाहँदैन र भन्नेहरू पनि छन्। यसअघि पनि कतिपय प्रधानमन्त्रीलाई नजान भने पनि उनीहरू गएको इतिहास छ। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र एकपटक गिरिजाप्रसादले त्यो अवसर त्यागेको इतिहास छ।

३. आगामी मङ्सिर ४ गते निर्वाचनका लागि उम्मेदवारहरूले असोज १० गते उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन हो। नेकपा-माओवादीलगायत केही दलहरू चुनावमा सरिक हुन मानेका छैनन्। उनीहरू आफूले भनेझैँ सहमति नभएमा चुनाव विथोल्ने मनस्थितिमा छन्। त्यस दृष्टिले पनि समय बढी संवेदनशील छ।

४. भरखरै थाहा भए अनुसार अध्यक्षको प्रतिनिधिमण्डलमा जान लागेका गृह तथा परराष्ट्र मन्त्री माधवप्रसाद घिमिरेले आफ्नो भ्रमण रद्द गरेका छन्। अध्यक्ष रेक्ष्मीले आफ्नो ११ दिने भ्रमण छोट्टयाएर ६ दिनमा झारेका छन् र १५ सदस्यीय प्रतिनिधिमण्डलको सङ्ख्या घटाएर ८ मा सीमित गरेका छन् र उनी असोज १० गते राति मात्र न्यूयोर्क प्रस्थान गर्ने भएका छन्।

५. महासभामा नेतृत्व गरी जानु एउटा इतिहास हो भने त्यहाँ पुगेर नेपालमा आफूले गरेका र भएका चुनावसम्बन्धी विवरण प्रस्तुत गरी सम्बोधन गर्नु अको ठूलो अवसर हो। गएको बेलामा त्यहाँ उपस्थित विश्वका नेताहरूसँग चिनजान गर्नु, उनीहरूसँग र्दुइ पक्षीय एवं बहुपक्षीय वार्ता गर्नु अको उपलब्धि हो। त्यो उपलब्धि सामान्यतया कसैले चुकाउन चाहँदैन।

६. अध्यक्ष रेग्मी फेरि राजनीतिक क्षेत्रबाट आएका व्यक्ति होइनन्। उनलाई यस वर्ष नभए अको वर्ष जाउँला भन्नु छैन। त्यसैले पनि उनले छोटो समयको लागि भए पनि जान चाहेका हुन सक्दछन्। त्यसैले उनले आफ्नो कार्यक्रम संशोधन गरी सार्वजनिक गरेका छन् र आफ्ना विश्वासपात्र परराष्ट्र तथा गृहमन्त्री घिमिरेलाई नेपालमा नै छोड्ने भएका छन्।

७. नेपालीलाई विदेशको मोह, त्यसमा पनि अमेरिका, संयुक्त राष्ट्र सङ्घ पुग्ने मोह के कस्तो हुन्छ भन्ने कुरा पहिले पनि देखिएको थियो भने अहिले पनि देखिएको छ। सामान्य इच्छा मात्र भएको भए नेतृत्व तहमा भएका व्यक्तिले देश छोड्न चाहने थिएन। अति महत्त्वाकांक्षा भएकाले उनी त्यहाँ जान लागेका हुन्। उनी त्यहाँ जान लागेकामा राजनीतिक पार्टीका नेताहरूले पनि अप्रशन्नता जाहेर गरेका छन्। उनीहरूले अहिले अप्रशन्नता जाहेर गर्ने मात्र होइन, भोलि आफूले पनि यस्तो बेलामा देश छोड्न हुन्न भन्ने कुरा मनमा लिइराख्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width