राष्ट्र संघ र लुम्बिनी

सम्पादक
पौष २०, २०७३

१. संयुक्त राष्ट्र संघका महासचिव एन्तोनियो गुतेरेसले इस्वी संवतको पहिलो दिनदेखि राष्ट्रसंको प्रमुखको रुपमा आफ्नो कार्यभार सम्हालेका छन्। महासचिव गुतेरेस निवर्तमान महासचिव वान कि मुनको उत्तराधिका रुपमा निर्वाचित भएका हुन्, राष्ट्रसंघको महासचिवको परिवर्तनले अन्त के-कस्तो परिवर्तन हुन्छ/हुँदैन, त्यो अहिले भन्न सकिँदैन। तर नेपालमा त्यो परिवर्तनले केही प्रभाव पार्ने आशंका बढेको छ।

२. निवर्तमान महासचिव मुनले आफ्नै कार्यकालमा भगवान बुद्धको जन्मस्थल लुम्बिनीको बृहत्तर विकासको अवधारणाका साथ त्यहाँ शान्ति सहर बनाउने आफ्नो योजनाअघि सारेका थिए। उनको अवधारणा अनुसार दक्षिण कोरियाका ख्याति प्राप्त इञ्जिनियर क्वाकले विस्तृत नाप, नक्सा तयार पारेर हाम्रो सरकारलाई बुझाएका थिए।

३. कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लालाई समेत समेटेर तयार गरिएको योजना राम्रो छ। त्यो योजना देखेर बौद्ध धर्मावलम्बी, त्यस क्षेत्रका वासिन्दा तथा शान्तिकामी नागरिक सबै खुसी भएका छन्। तर त्यो योजना कार्यान्वयन हुनु पूर्व नै योजनाका परिकल्पनाकार मुनको राष्ट्रसंघबाट बहिर्गमन भएको छ।

४. उनले आफ्नै कार्यकालमा त्यो योजना कार्यान्वयन गर्न चाहेका थिए। तर त्यो सम्भव हुन सकेन। अब त्यो योजनाको भविष्य के हुन्छ, त्यो अनिश्चित भविष्यको गर्तमा धेकिएको छ। यस सम्बन्ध्ँमा हाम्रो सरकारले पनि केही भनेको छैन। सरकारको मौनताले यसलाई अरु रहस्यमयी बनाएको छ।

५. प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा पनि एक पटक वृहत्तर लुम्बिनी विकासको निर्देशक समिति गठन भएको थियो। त्यो समितिको हैसियतले प्रधानमन्त्री दाहालले वान कि मुनलाई नेपाल भ्रमण गर्न बोलाएका थिए। तर मुनले त्यस बेला नेपाली नेताहरू संविधान बनाउने काममा व्यस्त भइरहेको बेला आफू आउनु अनुकूल नहुने बताएर दाहालको निम्तो स्वीकार्न सकेनन्। त्यसपछि वृहत्तर लुम्बिनीको कुरा क्रमशः सेलाउँदै गयो।

६. त्यसअघि चीनको एक संस्थाले पनि लुम्बिनीको विकासमा खबौर्ं डलर खर्च गर्ने भनेर झ्याली पिटिएको थियो। केही महिनापछि त्यो संस्था पनि के भयो र कहाँ छ त्यसको अस्तित्व छ, छैन त्यो पनि कसैलाई थाहा छैन। त्यसको पदाधिकारीमा पनि हाम्रा प्रधानमन्त्री दाहाललाई समावेश गरिएको थियो।

७. त्यो जे भए पनि वर्तमान महासचिव जुतेरेसले शान्तिको कुरा गरेका छन्। उनले २०१७ साल शान्ति स्थापनाको वर्ष बनाउने उद्घोष गरेका छन्। उनको त्यो शान्ति स्थापना गर्ने उद्घोषमा भगवान बुद्धको शान्ति, मैत्री र अहिंसाको सूत्र र लुम्बिनीको विकासले अरु सघाउ पुर्‍याउन सक्छ। त्यसकारण वर्तमान महासचिवले मुनको योजनालाई अघि बढाए भने त्यो नेपाल र नेपालीका लागिमात्र होइन, सबैका लागि खुसी र सन्तोषको विषय हुन सक्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width