राष्ट्रिय सहकारी दिवस

सम्पादक
चैत्र २०, २०७०

१. आज राष्ट्रिय सहकारी दिवस हो। सहकारी दिवस मनाउने क्रममा यो ५७ औँ सहकारी दिवस हो। सहकारीमार्फत दिगो आर्थिक विकास तथा सामाजिक न्याय भन्ने मूल राष्ट्रिय नाराका साथ सहकारी अभियन्ताहरूले यो दिवस उत्साहसाथ मनाइरहेका छन्। जिल्ला-जिल्लामा समितिहरू गठन गरी विभिन्न कार्यक्रम राखी सहकारीको प्रचार-प्रसार गरिरहेका छन्।

२. पोखरामा यो दिवस मनाउन विशेष तैयारी गरिएको छ। यहाँका सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्की, जिल्ला सहकारी सङ्घ, विषयगत सङ्घहरू र राष्ट्रिय सहकारी बैड्ढको एक भेलाले ५५७ सदस्यीय मूल व्यवस्थापन समिति नौ सदस्यीय कार्यकारणी समिति गठन गरेको छ।

३. जिल्ला सहकारी सङ्घ लि.का अध्यक्ष प्रभा कोइरालाको अध्यक्षतामा गठित कार्यकारिणी समितिले विभिन्न कार्यक्रम बनाएको छ। निर्धारित कार्यक्रम अनुसार हिजो १९ गते वृहत् सहकारी साइकल र्‍याली सम्पन्न भयो भने आज सहकारी सङ्घसंस्थाका सदस्य तथा कर्मचारी सम्मिलित वृहत् सहकारी र्‍याली र सहकारी सभा हुने भएको छ।

४. कास्कीमा सहकारीको लागि अनुकूल वातावरण छ। यहाँ सहकारीको एउटा हावा आएको छ। सहकारी खोल्नु, सहकारीको सदस्य बन्नु र सहकारीमा पैसा जम्मा गर्नु एउटा फेशन नै भएको छ। एउटै घरबाट एकै दिनमा ८।१० सहकारीका कर्मचारीलाई सड्ढलनका लागि पैसा दिएको पनि देखिन्छ।

५. कास्कीमा ५५७ सहकारी सङ्घसंस्था कार्यरत रहेको सम्बन्धित कार्यालयले जनाएको छ। ती सहकारी सङ्घसंस्थामा एक लाखभन्दा बढी व्यक्ति त्यसको सदस्यका रूपमा आबद्ध भएको तिनीहरूले एक हजार तीन सयभन्दा बढीलाई रोजगारी दिएको तथा करिब ६ अर्ब बराबरको कारोबार गरेको देखिन्छ।

६. नेपालमा २८,००० भन्दा बढी सङ्घसंस्था स्थापित छन्। तिनीहरूमध्ये अधिकांशले राम्रो काम गरिरहेका छन् भने केही सहकारी सड्ढटमा परेका छन्। सड्ढटमा परेका संस्थामा रकम जम्मा गरेकाहरूको रकम डुब्ने अवस्थामा पुगेकाले धेरै निक्षेपकर्ता आत्तिन थालेका छन्। तिनीहरूले आफ्नो डुब्न लागेको रकम फिर्ता गर्ने व्यवस्था गरिदिन सरकारलाई गुहार्न थालेका छन्।

७. सहकारी नेपाली अर्थतन्त्रको एक मेरुदण्डको रूपमा विकसित हुन गइरहेको छ। तर तिनीहरूको उचित निरीक्षण र रेखदेख नहुँदा सहकारीमा लाग्नेहरूको घर खेत हर्ने अवस्था आएको पनि देखिन्छ। उद्देश्यअनुरूप काम नगर्दा त्यस्तो अप्रिय स्थिति आएको हो। सहकारीका मालिकले जग्गा प्लटिङको व्यवसाय गर्दा र जहाज किन्दा पनि सम्बन्धित निकायले कुनै ख्याल गरेनन्। सम्बन्धित निकायले त्यसमा बढी ख्याल गर्नुपर्दछ। संस्था खोलेर मात्र हुँदैन, त्यसलाई व्यवस्थित गरी उचित च्यानलमा लाग्नु पनि पर्दछ र लाग्ने व्यवस्था हुनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width