राप्रपा फुटको संघारमा

सम्पादक
जेठ २७, २०७१

१. राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष पदका सम्बन्धमा सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दबीच विवाद भइरहेको बेलामा आइतबार बसेको केन्द्रीय समितिको बैठकले विवादलाई नयाँ उचाइमा पुर्‍याएको छ। बैठकले अध्यक्ष थापाको राजीनामा स्वीकृत गरी पशुपति शम्सेर राणालाई नयाँ अध्यक्ष चयन गरेको छ। उता चन्दले केही दिन पहिले आफैलाई अध्यक्ष घोषणा गरेका थिए।

२. पार्टीले विवाद अहिले उत्कर्षा पुगेको छ। पार्टीले समीकरण पनि फेरिएको छ। एकताका थापा र प्रकाशचन्द्र लोहनी एकातिर देखिन्थे भने चन्द्र र राणा अर्कोतिर देखिन्थे। अहिले थापा र राणा एकातिर र चन्द्र र लोहनी अर्कोतिर भएका छन्। तल्लो तहमा कार्यकर्ताहरू अन्यौलमापरेका छन्।

३. गत वर्षमात्र राप्रपा र जनशक्ति पार्टीमलेर राप्रपा बनेको थियो। त्यसबेला अब एकता भएपछि कहिले नफुट्ने र वातावरण बनाउने भन्दै ती दुवै पार्टी तल्लो तहसम्म एकताको महाधिवेशन गरेका थिए। पार्टीकताबद्ध हुँदा कार्यकर्ता खुब उत्साही भएका थिए।

४. थापा र चन्द कहिले नमिल्ने साथी जस्तै भएको फेरि पुष्टि भएको छ। थापाले पहिलेको सहमति अनुसार अध्यक्ष पदबाट राजीनामा दिए तर चन्दलाई त्यो अध्यक्ष पद सुम्पन तयार भएनन्। उनले त्यो पद राणालाई सुम्पे। यसले विवादलाई उत्कर्षा पुर्‍याएको हो।

५. थापा पक्षले केन्द्रीय समितिको बैठकमा दुर्इ तिहाइ सदस्यको उपस्थिति भएको बताउँदैछ भने चन्द पक्षले आगामी असार २ गते बस्ने कार्य समितिको बैठकमा आफ्नो पक्षको बहुमत पुग्ने दावी गरेको छ। सर्वसाधारण मात्र होइन, केन्द्रीय नेताहरू पनि तानातानमा परेका छन्। केही नेताहरूलाई कुन पक्ष लाग्ने भनी निर्णगर्न ज्यादै मुस्किल परिरहेको छ।

६. चन्द पक्षले अदालतको ढोका ढक्ढक्याउने भन्दैछ भने राणाले आफूले सकेसम्म पार्टीई मिलाएर लैजाने, मिलाउन नसके एकतर्फी अध्यक्ष घोषणा गरेकोमा चन्दमाथि कार्वाही गर्ने विचार गरिरहेका छन् भने धम्कीको भाषा दुवै पक्षबाट आएको छ।

७. स्थिति त्यस्तो भएकोले दुबै पक्ष मिल्ने अवस्था क्षीण भएको छ। दुवै पक्षबाट दोषारोपणको भाषा आउँदैछन्। चन्द पक्षले थापाले आफ्नो छोरालाई मन्त्री बनाउँदादेखि मनमुटाव सुरु भएको बताउँदै छ। त्यो पक्षले महाधिवेशनमा भएको सहमति अनुसार अध्यक्ष पद चन्दले पाउनु पर्ने र त्यो नपाएको कारणले स्वयं अध्यक्ष घोषणा गरेको जनाएको छ। जन्मैदेखि टुट र फुटको नियति लिएर आएकोले हो कि जे-जस्तो गर्दा पनि यो पार्टीहिल्यै एक भएर जान सकेको छैन।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width