राजनीतिमा यस्तो पनि हुन्छ

सम्पादक
जेठ २१, २०७१

१. राष्ट्रिय प्रजातन्त्र पार्टीा नेता तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबादुर चन्दले सोमबार पार्टीअध्यक्ष सूर्यबहादुर थापाको एक वर्षे कार्यकाल सकिएको भन्दै आफूले आफैलाई पार्टीको घोषणा गरेका छन्। उनले त्यो घोषणा गरे पश्चात् पार्टीकार्यलयमा पत्रकार सम्मेलन समेत गरेका थिए।

२. लोकेन्द्रबहादुर चन्दको त्यो घोषणालाई सूर्यबहादुर थापाले अराजक, आपत्तिजनक र हास्यास्पद भनेका छन्। यो घोषणाका साथ त्यो पार्टीफेरि एक पटक विभाजनको संघारमा पुगेको छ। एक वर्ष पहिले मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीर जनशक्ति पार्टिबिच एकीकरण भएको थियो। एकीकरणको बेला पार्टीको अध्यक्ष पद नेताहरू बीच चक्रीय प्रणालीअनुसार पालैपालो ग्रहण गर्ने सहमति भएको थियो।

३. सहमति अनुसार पहिलो पटक थापा, दोश्रो पालो चन्दको, तेश्रो पशुपतिशम्शेर राण र चौथो डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष बन्ने सहमति भएको थियो। त्यो सहमति अनुसार थापाको पदावधि सकिएको तर उनले नछाडेकोले चन्दले स्वयं आफैले अध्यक्ष घोषणा गर्नु पर्ने अवस्था आएको बताइएको छ।

४. पार्टीा नयाँ परिस्थिति सिर्जना भएकाले दुबै पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। थापा पक्षले यही जेठ २५ गते र चन्द पक्षले असार दुर्इ गते केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। ती दुबै पक्ष अहिले छुट्टाछुट्टै भेला गर्दैछन् र दुबै पक्ष आ-आÇनो शक्ति सञ्चयनमा लागेका छन्।

५. राजनीतिक नेताहरूको यो विशेषता भएको छ कि न तिनीहरू फुट्ने  भनेर सधै फुटेर बस्न सक्छन्, न कि जुट्ने भनेर सधै एक भएर नै बस्न सक्छन्। सबै पार्टीएक न एक पटक फुटेका छन् र तिनीहरूमध्ये अधिकांश फेरि जुटेका पनि छन्। अहिले एमाओवादी र माओवादी जुट्ने क्रममा रहको देखिन्छ।

६. त्यसमा पनि राप्रपा भन्ने पार्टीत यस्तो पार्टीभयो, जसको जन्म नै टुट्ने र फुट्नेबाट सुरु भएको थियो। त्यसले टुट्ने र फुट्ने क्रम धेरै पार गरिसकेको छ। त्यसको विगत तिर हेर्दा त्यो पार्टीअहिले जे-जसरी फेरि फुटको संघारमा पुगेको छ। त्यसलाई आर्श्चर्यजनक र अस्वाभाविक भन्न मिल्दैन।

७. हाम्रो देशमा राजनीतिमा आएका रोगहरू मध्ये यो टुट्ने र फुट्ने पनि एक रोग नै हो। हाम्र नेताहरू एक साथ मिलेर धैर्यपूर्वक रहन पनि सक्दैनन् र फुटेर गएपछि फेरि सधै छुट्टै बसिराख्न पनि सक्दैनन्। तिनीहरूमा सहनशीलता पनि छैन, धैर्यता पनि छैन। जसको कारणले तिनीहरूको मन चञ्चल छ, अस्थिर छ। त्यस्तो अस्थिर मनले राजनीतिलाई प्रभाव पारेको छ र राजनीति नै अस्थिर भएको छ। यो रोगबाट नेताहरू मुक्त हुनुपर्दछ। राप्रपाका नेताहरूले यसबाट सबक सिक्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width