राजदूत सिफारिस फिर्ता प्रकरण

सम्पादक
फागुन १७, २०७३

१. राजनीतिक पार्टीरुको भागवण्डाको आधारमा हालै सिफारिस भएका १४ राजदूतहरुमध्ये दुर्इ जनाको नाम फिर्ता भएको समाचार सार्वजनिक भएको छ। राजदूतजस्ता उच्च तहका व्यक्तिको नाम मन्त्रि परिषदमा पेश भएपछि फेरि फिर्ता गरिएको समाचार सुन्दा पत्याउन गाह्रो पर्दछ। तापनि ती नाम धेरै विवादास्पद भएपछि फिर्ता गरिएको बताइएको छ।

२. त्यसरी फिर्ता गरिएका दुर्इ जना विवादास्पद व्यक्ति हुन् आशा कुमारी लामा र शर्मिला पराजुली ढकाल। उनीहरुमध्ये लामा काँग्रेसको कोटामा यूएइमा र ढकाल जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट ओमनका लागि राजदूतमा सिफारिस भएका थिए। सिफारिस भएको तीन दिनपछि उनीहरुलाई सिफारिस गरेका पार्टीरुले नै फिर्ता गरेको समाचारमा जनाइएको छ।

३. राजनीतिक भागवण्डाको जताततै कडा विरोध भइरहेको छ। त्यो भागवण्डाले गर्दा योग्य मानिस योग्य ठाउँमा पुग्न नसकेको र पार्टीो कोटामा परेकाहरुले राम्ररी काम गर्न नसकेर विकास निर्माणलगायत धेरै काम कुरा ब्रि्रदै गएको छ। राम्रोलाई रोज्ने होइन, हाम्रोलाई स्थान दिने परिपार्टीकाई विदेशीहरुले समेत असन्तोष व्यक्त गरेका छन्।

४. राजदूत जस्तो उच्च तहकालाई कहिले कसैलाई सिफारिस गर्ने र कहिले त्यो सिफारिस फिर्ता गर्ने गरिएबाट हाम्रो देश के कसरी चलिरहेको छ भन्ने प्रष्ट देखाउँछ। नेताहरुले राज्य सञ्चालनलाई गम्भीर किसिमले लिएका छैनन् भन्ने यो एक दरिलो प्रमाण हो। उनीहरुलाई भागवण्डा र स्वार्थले अन्धा बनाएका छन्। उनीहरुले भागवण्डा र स्वार्थ बाहेक अरु हेर्न जानेका छैनन्।

५. हाम्रो शिक्षा, स्वास्थ्यदेखि भूकम्प पीडित क्षेत्रमासमेत भागवण्डाले गम्भीर प्रभाव पारेको छ। त्यही कारणले गर्दा भूकम्प पीडितहरुले अझै आफ्नो घर बनाएर बस्न पाएका छैनन्। अरु क्षेत्रमा पनि त्यस्तै अवस्था छ। अहिले त नागरिक समाजका अगुवाहरु पनि भागवण्डा र नेताको स्वार्थले देश बिग्य्रो भन्ने अवस्थामा पुगेका छन्।

६. भागवण्डाले समाजमा गहिरो छाप छोडेको छ। भागवण्डा राजनीतिक पार्टीरु बीच मात्र होइन, प्रत्येक पार्टीका गुट र उपगुटमासमेत भागवण्डा गर्नुपर्ने चलन चलेको छ, भागवण्डा मिलेन भने कामै रोक्ने, असहयोग गर्ने र विरोध गर्ने पनि गरिन्छ। भागवण्डा यहाँ यस्तो कुरा भएको छ, जुन सबैको अधिकार हो र त्यो सबैले पाउनै पर्दछ।

७. सामान्यतया राज्य सबैभन्दा ठूलो र शक्तिशाली हुन्छ। तर यो भागवण्डाको प्रचलनले गर्दा पार्टीरु ठूला र शक्तिशाली देखिएका छन्। पार्टीका पार्टीका नेता सबभन्दा ठूला र शक्तिशाली हुनुपर्नेमा पार्टीभित्रकै गुट उपगुटले पार्टीका अध्यक्षलाई पनि निरीह पार्ने गरिएको छ। सबैले भागवण्डाको तीतो अनुभव भोगिसकेका छन्। तैपनि नेताहरु त्यसैमा लाग्नु दुर्भाग्यको कुरा हो। यी सबै कुरा मनन् गरेर आगामी दिनमा फेरि राजदूतको सिफारिस फिर्ता गर्नुपर्ने जस्तो काम नहोस्, यसमा सबै सजग र सचेत हुनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width